दोस्रो कान्छीबजार साँस्कृतिक मेला – २०८१ बैशाख २० गते देखी
तिलोत्तमा, बैशाख १५ मेला वा महोत्सव आफैमा एक आनन्दित शब्द हो जुन सुन्दै उत्साह र खुशीको अनुभुति हुन जान्छ । यही कारण नेपालका बिभिन्न जिल्लाहरुमा समय समयमा महोत्सव बिभिन्न बहाना वा अवसरहरुमा आयोजना गर्ने भनेर बिभिन्न संघ सस्था तथा समाज द्धारा स्थानिय, क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका बिभिन्न बिषेशताका मेला महोत्सवहरु सम्पन्न भैरहेका हुन्छन् । यि यस्तै मेला वा महोत्सव आयोजना हुने क्षेत्रमा आर्थीक गतिबिधी बढनुका साथै उत्पादनको प्रबद्र्धनमा सहयोगी बनेको हुन्छ भन्ने ब्यवसायीको भनाई छ । संसारलाई प्रत्यक्षरुपमा असर पारेको कोभिड माहामारीले नेपाल पनि अछुतो छैन । नेपाललाई पनि यसको प्रभावबाट प्राय सम्पुर्ण व्यपार ब्यवसायलाई प्रत्यक्ष असर पारेको थियो र त्यसको प्रभाव आज सम्म भैरहेको छ । नेपाली बजार कोभिड बाट जनतन उम्कदै अगाडी बढ्दा आर्थीक मन्दिको प्रभावले बिस्तारै उठ्न थालेको आर्थीक क्षेत्रलाई पुन असर पारेको छ । यही असरको प्रभावलाई कम गर्न र सुस्त रहेको नेपाली बजार लाई गति दिनको लागी बिभिन्न कार्यक्रमहरु सरकारी र निजि क्षेत्रबाट आयोजना भैरहेका छन् । सोही अनुरुप तिलोत्तमा नगरपालिका ...