बुटवलका उदाउँदो युवा प्रतिभा युवा इनोभेटर सोहन घिमिरे भन्छन् "देशको लागी आविष्कार गर्नेछु "।
बुटवल, अषाढ २०८१ जब यस पृथ्बीमा शिशुको जन्म हुन्छ त्यस समय देखी नै उक्क्त शिशुमा आफ्नो फरक बिशेषता र गुणहरु हुन्छ र उ हुर्केको परिवार र समाजले उसको प्रतिभा र बिशेषतालाई बुझेर उसको त्यही किसिमको व्यवहार र लालनपालन गरिन्छ भने उक्क्त शिशु आफ्नो प्रतिभा र गुणलाई प्रयोग गरि समाजमा एक प्रतिभावान व्यक्ति कहलिन्छ र समाज, राष्ट्र र समग्र मानवजाति लाई गुल्जार बनाई राख्दछ । यस संसारमा धेरै उदाहरणहरु छन् , प्रतिभावान बालक वा युवा पछि गएर संसार लाई चकित पार्ने आविष्कार तथा खोज गरेका छन् । तिलोत्तमा नगरपालिकाका मेयर र उप मेयरका साथमा सोहन घिमिरे र वँहाले बनाउनु भएको हवाईजहाज यस्तै प्रतिभाको भिडमा एक युवा प्रतिभा छन् जो आफ्नो प्रतिभाले बुटवल आसपासका क्षेत्रहरुका प्रतिभाप्रेमी जमातलाई चकित पारीरहेका छन् ति युवा हुन बुटवल उप–माहानगरपालिका वडा नं. ०७, शिवनगर, भगवती टोलका बर्ष १६ को सोहन घिमिरे । बि.सं. २०६४ साल कात्तिक १३ गते मंगलबारका दिन बुबा सुर्य घिमिरे र आमा ईन्द्रा घिमिरेको दोस्रो सन्तानका रुपमा जन्मिएका सोहनको बाल्यकाल शिवनगर टोलमै बित्यो । सोहन घरका कान्...