तिलोत्तमा नगरपालिकाको - १६ बिहुली गाउमा थारु समुदायको प्राचिन धार्मिक अनुष्ठान साउने पूजा सम्पन्न भयको छ
प्रदेश नम्बर ५, रुपन्देही जिल्ला अन्तर्गत तिलोत्तमा नगरपालिकाको - १६ बिहुली गाउमा थारु समुदायको प्राचिन धार्मिक अनुष्ठान जसलाई बोलिचालीको भाषामा साउने पूजा भनेर भनिन्छ भब्यताका साथ सुसम्पन्न भयको छ । प्राचिन धार्मिक अनुष्ठान गर्दै मुल सोखा र अन्य साहयक पूजारी हरु यो अवसरमा गाउका पुरुष हरु भेला भइे आफ्नो देवताको थान दिउहार बाबाको मन्दिर वरपर पूजा गर्नि दिन अगावै रात भर जागाराम बस्दछन तेयो रात सोखा हरु अर्थात थारु समुदायका धार्मिक अनुष्ठान सम्पन्न गर्नी जस्लाई शोखा पद ले सम्मान गरिन्छ ओहा हरु को समुहले गाउका कुनै नयाँ पुरुष शोखा हुने चाहना गरिएको छ भने यसैका रात ती पुरुषको धार्मिक अनुष्ठान द्वारा जाच गरिन्छ उक्त जाचमा पास हुने पुरुष लाई आगामी समयका लागी गाउको शोखामा नियुक्त गर्नी गरिन्छ । उक्त रात बाजा गाजा का साथ गाउ भित्र र बाहिर रहेका प्रेत, भुत र आत्मा लाई बोलाहट हुन्छ अनि मुल सोखा द्वारा बोलाहट भयका प्रेत, भुत र आत्मा लाई पुन : मन्तर जन्न्तर लगाइ गाउको बाहिर आउने १ बर्ष...