तिलोत्तमा नगरपालिकाको - १६ बिहुली गाउमा थारु समुदायको प्राचिन धार्मिक अनुष्ठान साउने पूजा सम्पन्न भयको छ
प्रदेश नम्बर ५, रुपन्देही जिल्ला अन्तर्गत तिलोत्तमा नगरपालिकाको - १६ बिहुली गाउमा थारु समुदायको प्राचिन धार्मिक अनुष्ठान जसलाई बोलिचालीको भाषामा साउने पूजा भनेर भनिन्छ भब्यताका साथ सुसम्पन्न भयको छ ।
प्राचिन धार्मिक अनुष्ठान गर्दै मुल सोखा र अन्य साहयक पूजारी हरु
यो अवसरमा गाउका पुरुष हरु भेला भइे आफ्नो देवताको थान दिउहार बाबाको मन्दिर वरपर पूजा गर्नि दिन अगावै रात भर जागाराम बस्दछन तेयो रात सोखा हरु अर्थात थारु समुदायका धार्मिक अनुष्ठान सम्पन्न गर्नी जस्लाई शोखा पद ले सम्मान गरिन्छ ओहा हरु को समुहले गाउका कुनै नयाँ पुरुष शोखा हुने चाहना गरिएको छ भने यसैका रात ती पुरुषको धार्मिक अनुष्ठान द्वारा जाच गरिन्छ उक्त जाचमा पास हुने पुरुष लाई आगामी समयका लागी गाउको शोखामा नियुक्त गर्नी गरिन्छ । उक्त रात बाजा गाजा का साथ गाउ भित्र र बाहिर रहेका प्रेत, भुत र आत्मा लाई बोलाहट हुन्छ अनि मुल सोखा द्वारा बोलाहट भयका प्रेत, भुत र आत्मा लाई पुन : मन्तर जन्न्तर लगाइ गाउको बाहिर आउने १ बर्ष सम्मका गरिन्छ जस्ले गर्दा गाउ घरमा कोहि कसैलाई पनि भुत नलागोस भनेर यो सबै रात भरी बसेर गर्दछन, अर्को दिनको सुरुवातमा सम्पूर्ण पुरुष हरु पुन भेला भई धार्मिक अनुष्ठान गर्नका लागी देवताको थान र गाउका चारै दिशामा रात भरि तन्त्रमन्त्र गरिएको धजा र समाग्री थापना गरिन्छ । यि सब काम पछी गाउ भरिका घर धुरी अनुसार बिशेश प्रकारको प्रशाद बनाइन्छ उक्त प्रसादलाई गाउ भरिका घर धुरी मा पुराइेन्छ ।
बिहुलीको थारु गाउका स्थानीय थारु अगुवाका अनुसार यो परम्परा हाम्रा बाबु बाराजुका पालाबाट नै यो परम्परा चलिआयको हो भनेर ८० वर्षीय दुहा थारुले भन्नु भयो ।
पहिला पहिला गाउका ठुला र सोखाहरु मात्र मिलेर यो पूजा सम्पन गरिन्थ्यो तर अहिले स्थानीय थारु समाजमा आयको पारीवर्तनले गर्दा बिगत केही बर्ष बाट श्री कोटहीमाइ मन्दिर तथा दिउहार समिती गठन गरिएको छ जस्को नेतृत्व स्थानीय समाजसेबी केशब सिंह चौधरी द्वारा लिइयको छ ।
"नयाँ समितीमा युवा तथा बुढा लाई मिलायर आगामी समयमा यो समाज लाई मिलायर लिएर जाने र परम्पराका साथै थारु समुदायको सामाजिक, राजनैतिक, आर्थिक तवरबाट पनि यो हाम्रो समुदायलाई साथ साथ अघी लैजाने छु " भनेर नयाँ अध्यक्ष श्री केशब सिंह चौधरी ले हामी लाई जानकारी दिनु भयो ।
गाउको प्राचिन कुवामा पूजा गर्दै, सोखा तथा अध्यक्ष श्री केशब सिंह चौधरी
प्राचिन धार्मिक अनुष्ठान मा काम लाग्ने बस्तु हरु
प्राचिन धार्मिक अनुष्ठान अनुसार सोखा बन्नको लागी मुल सोखा लाई कला देखाउदै थारु युवा
धार्मिक अनुष्ठान साउने पूजाका लागी प्रसाद बनाउदै
धार्मिक अनुष्ठान साउने पूजा प्रसाद
धार्मिक अनुष्ठान साउने पूजाका लागी प्रयोगमा आउने जानवरका अङग तथा प्रतिकधार्मिक अनुष्ठान साउने पूजाका लागी प्रयोगमा आउने जानवरका अङग तथा प्रतिक
धार्मिक अनुष्ठान साउने पूजाका लागी प्रयोगमा आउने जानवरका अङग तथा प्रतिक
Comments
Post a Comment