Posts

Showing posts from February, 2024

भारतको बेङ्गलोरमा बझाङ्गी राजा श्री जयपृथ्बी बहादुर सिंह को भब्य महलको कथा

Image
भैरहवा, २०८०।१०।२७ भारत देश आफैमा भब्य छ , भब्यतामा बिबिधता पनि छ र त भारत छ । कुनै समय थियो भारत वा हिन्दुस्तान लाई १६ औ शताब्दि ताका पश्चिमा देश अधिक ब्रिटिशरहरु ले सुनको चराको उपमा दिईएका थिय र वास्तवमा हो भारत सुनको चरा थियो पनि र छ पनि । भारत लाई सुनको चरा बनाई राख्नमा भारत देश का छिमेकी देश हरु को पनि उत्तिकै सहयोग र योगदान छ भनेर नकारन सकिदैन जस्तो लाग्छ मलाई । भारतमा भौगोलिक , आर्थीक , सामाजिक , धार्मीक , राजनैतिक , ईतिहासिक र सास्कृतीक हरेक क्षेत्रमा भारतको अरु छिमेकी देश सरह नेपालले पनि ठुलै सम्बन्ध रहेको छ । चाहे त्यो भारतको उत्पती ताका होस या आधुनिक भारतको हरेक घटनाक्रममा सहयोग गर्ने काममा होस् नेपाल जहिले पनि असल छिमेकी को हैसियतमा खरा उत्रेको छ ।     जय भवन हाल श्री अरविन्दो भवन, श्री अरविन्द समाजको शाखा बेङ्गलोर PC BY : Sri Aurobindo Society भारतको सिलिकन सिटी को उपनाम पाएको भारतको तेस्रो ठुलो शहर र पाचौ ठुलो माहानगर कर्नाटक रा...