भारतको बेङ्गलोरमा बझाङ्गी राजा श्री जयपृथ्बी बहादुर सिंह को भब्य महलको कथा
भैरहवा, २०८०।१०।२७
भारत देश आफैमा भब्य छ, भब्यतामा बिबिधता पनि छ र त भारत छ । कुनै समय थियो भारत वा हिन्दुस्तान लाई १६ औ शताब्दि ताका पश्चिमा देश अधिक ब्रिटिशरहरु ले सुनको चराको उपमा दिईएका थिय र वास्तवमा हो भारत सुनको चरा थियो पनि र छ पनि । भारत लाई सुनको चरा बनाई राख्नमा भारत देश का छिमेकी देश हरु को पनि उत्तिकै सहयोग र योगदान छ भनेर नकारन सकिदैन जस्तो लाग्छ मलाई । भारतमा भौगोलिक, आर्थीक, सामाजिक, धार्मीक, राजनैतिक, ईतिहासिक र सास्कृतीक हरेक क्षेत्रमा भारतको अरु छिमेकी देश सरह नेपालले पनि ठुलै सम्बन्ध रहेको छ । चाहे त्यो भारतको उत्पती ताका होस या आधुनिक भारतको हरेक घटनाक्रममा सहयोग गर्ने काममा होस् नेपाल जहिले पनि असल छिमेकी को हैसियतमा खरा उत्रेको छ ।
भारतको सिलिकन सिटी को उपनाम पाएको भारतको तेस्रो ठुलो शहर र पाचौ ठुलो माहानगर कर्नाटक राज्यको राजधानी बेङ्गलोर शहर को मध्य भागमा रहेको उल्सुर तालको किनारमा बडेमान बगैचा र रुख हरु ले घेरीयको अवस्थामा रहेको भव्य र औपनिबेसिक कलाले सज्यिको आलिसान महलले आफ्नो पहिचान र भव्यता त्यहा आउने जो कोही लाई पनि बताई रहेको छ । उक्क्त महलको मालिकाना हक अहिलेको अवस्थामा श्री अरबिन्दो समाज भएता पनि उक्क्त भवन बने ताका देखी व्यपारी हुदै नेपालको बझाङ्गी राजपरिवार बाट चन्द्र शम्शेरका छोरा हुदै सामाजिक संस्था सम्म आयको छ ।
के हो त श्री अरबिन्दो समाज ?
सन् १९६० मा आमा द्धारा भारतको पश्चिम बंगाल राज्यमा दर्ता भई स्थापना भएको यो समाज भारतको बिभिन्न राज्यको मुख्य मुख्य शहरहरु मा शाखा बिस्तार गरी समाजमा सामाजिक कामहरु गर्ने र ध्यान र साधना बाट मानव जिवन लाई सार्थकता प्रदान गर्ने काम हरु गर्ने साथै हरेक क्षेत्रका जानकार र बिज्ञ हरु संग अन्तरकृया कार्यक्रम आयोजना पनि गर्दछ ।
को हुन श्री अरबिन्दो ?
अरबिन्द घोष भारतको कलकत्तामा सन् १८७२ जन्मेका भारतका एक योगी र दार्शनिक थिए । आफु युवा अवस्थामा हुदाँ भारतको स्वतन्त्र आन्दोलनमा क्रान्तीकारीको भुमिका निर्वाह पनि गरे र पछि गएर एक योगी जिवन धारण गरी पोन्डिचेरीमा आश्रम निमार्ण गरी ध्यान, साधना र आध्यात्मिक ज्ञान प्रवाह गरी बस्न थाले ।
जय भवन हाल श्री अरविन्दो भवन, श्री अरविन्द समाजको शाखा बेङ्गलोर PC BY : Sri Aurobindo Society
आमा र श्री अरबिन्द
श्री अरबिन्दो समाजले भारतको बिभिन्न राज्यको भिन्न भिन्न शहरमा स्थापना वा बिस्तार गरेको श्री अरबिन्दो सोसाईटीको आपनै निजि भवनहरु र अन्य चल अचल सम्पती रहेको छ जुन समाजका सदस्यहरु द्धारा दान तथा सहयोगमा प्राप्त गरेको हो । यही क्रममा श्री अरबिन्दे सोसाईटीको बैङ्गलोर शहरको प्राईम लोकेशनमा रहेको भब्य औपनिबेशिक कालिन महल बझाङ्गी राजा श्री जय पृथ्बी बहादुर सिंह को श्रीमति खगेश्वरी देवी राज्यलक्ष्मी राणा सिंह जो नेपालका पाचौ राणा प्रधानमन्त्रि श्री ३ चन्द्र शम्शेर ज.ब.रा. को छोरी द्धारा श्री अरबिन्दो समाज लाई दान स्वरुप प्रदान गर्नुभएको थियो ।
राजा जयपृथ्बी बहादुर सिंह र रानी खगेश्वरी राज्यलक्ष्मी PC BY : Humanism and Jai Prithvi Foundation
बझाङका राजा विक्रमबहादुर सिंहकी चार ओटी रानी मध्ये जेठी रुद्र कुमारी र माहिली मेघ कुमारी राणाका छोरी थिए। साहिली त्रैलोक्यकुमारी अस्कोटे पाल र कान्छी पार्वतीदेवी बमकी छोरी थिइन्। विक्रमबहादुर सिंहका जेठी रानी रुद्र कुमारीका जेठा छोरा जय पृथ्वी बहादुर सिंह हुन्। जङ्ग बहादुरको नाति भएकै कारण जय पृथ्वीले आठ वर्षको उमेरमा काठमाडौँ आएर दरबार स्कुलमा पढ्न पाएका थिए। जयपृथ्वीकी आफ्नी आमापट्टिका अरू दुई भाइ वीर जङ्ग बहादुर सिंह र प्रभु जङ्ग बहादुर सिंह थिए। विक्रम बहादुर सिंहका चार रानीबाट चौध भाइ छोरा मध्ये जयपृथ्वीबहादुर सिंह बैङ्गलोर बसाइ सर्न पुगेका थिए भने वीर जङ्ग बहादुर सिंह र प्रभु जङ्ग बहादुर
सिंह क्रमशः बझाङकै देउरा र बगडगाउँमा बसेका थिए। राजा जयपृथ्वीले राजकाज त्याग्ने बेला माहिला भाइ ललित जङ्ग बहादुर सिंहको निधन भइसकेका कारण साहिला भाइ देवी जङ्ग बहादुर सिंहलाई राजकाज सुम्पेका थिए।
राजा जयपृथ्बी बहादुर सिंह बेलायती पहिरनमा तस्बिरको बिचमा PC BY academic-accelerator
यिनै बझाङ्गी राजा जय पृथ्बी बहादुर सिंह ले नेपालका पाचौ राणा प्रधानमन्त्री तथा श्री ३ महाराज चन्द शम्शेर ज.ब.रा. को छोरी श्री राजकुमारी खगेश्वरी देबी राज्यलक्ष्मी सिंह संग बिवाह गरेका थिय । चन्द्र शम्शेर राणा प्रधानमन्त्रिमा श्री ३ जंग बहादुर राणा पछीका शक्क्तिशाली राणा श्री ३ थिए । चन्द्रका ज्वाँई भएर होला सिंहको रवाफ र त्यस समयमा सहजता पनि राम्रो थियो । त्यस समयमा चन्द्र शम्शेर संग बेलायत जानेहरुमा वहाँ पनि हुनुन्थयो र बेलायत बाट आउदाँ उतै बाट प्रेस मसिन पनि संगै ल्याई नेपालमा छापाखाना मार्फत पत्रपत्रिकाको साथै किताब पनि प्रकाशित गरेका थिय । नेपालको तत्कालिक समाज लाई शिक्षाको माध्यम बाट सचेतना गराउनु पर्छ भन्दै गर्दा र अनेकन समाज सुधारक कामहरु मार्फत जागरुकता गराउदाँ थिय । तत्कालिन राणा सरकार द्धारा रोकावट हुदाँ ससुरा चन्द्र शम्शेर संग किन बैर गर्ने भनी ब्रिटिश भारतको बैङ्गलोरमा बसाई सराई गरी उतै बस्न पुगे ।
सन् १९२१ मा त्यस बखतका महशुर ब्यापारी चटीयार समुदायका धनी व्यापारी र ठेकेदार गंगाधर चेट्टी द्धारा बनाइएको एउटा सुन्दर घर त्यसपछि चेट्टीले सायद सी एण्ड एम स्टेशन प्रशासनका अधिकारी टी विजय राघभुलु नायडूलाई घर बेचेका थिए र उक्क्त घरको नयाँ मालिक नायडूले राजा जय पृथ्बी बहादुर बेचेका थिए यो भवन । उतै बसेका राजा जय पृथ्बी बहादुर र रानी खगेश्वरी को कुनै सन्तान भएनन् तर पनि जय पृथ्वी सामाजिक कामहरु भारतमा बस्दा पनि गर्न छोडेनन् । बिभिन्न सामाजिक संस्थाहरु मा आवद्ध सिंह त्यस बखत मानवताबादी क्लब नै स्थापना गरी खुला रुपमा आर्थीक, सामाजिक, राजनैतिक र समसामहिक बिषयमा बहस तथा बिभिन्न अन्तरकृया कार्यक्रमहरु सञ्चालन गर्ने गर्दथे । त्यस समय भारतमा ब्रिटिशहरु को शासन थियो र यसरी एक गैर मुलुकको व्यक्ति द्धारा बहस र अन्तरकृया कार्यक्रमहरु गर्ने र मानिसहरु एकजुट गराउने गर्दा ब्रिटिशरहरु द्धारा सिंह लाई जासुस मानी केही रोकछेक समेत गरेका थिय । त्येस पछी ब्रिटिस कम्पनी सरकारले वहाँ लाई राजबन्दि स्वरुप त्यही घरमा राख्यो र पछी जयपृथ्वीबहादुर सिंहको १९९७ साल असोज १ गते ६४ वर्षको उमेरमा भारतको बेङ्गलोरमा मा रहेको यही महलमा निधन भएको थियो।
यस भवन लाई राजा जय पृथ्बी बहादुर सिंह द्धारा जय भवन नाम दिनुभएको थियो । वहाँको मृत्यु पश्यात श्रीमति खगेश्वरी देवी ले आपनै भान्जा भान्जीहरु लाई धर्म छोरा छोरी बनाई राख्नु भएको थियो । ज्वाई बिते पछी श्री ३ चन्द्र शम्शेर द्धारा ब्रिटिश कम्पनी सरकार लाई जानकारी गराई मेरो छोरी हो भनी तत्कालिन बैङ्गलोरका गर्भनर द्धारा सुरक्षाका निम्ती सिपाही पहरेदार खडा गराएका थिय । समय समयमा दाजु भाई मोहन, बबर र बिष्णु शम्शेर आईजाई गरीरहन्थे । नेपालमा पजातन्त्र पछि अन्तिम राणा प्रधानमन्त्रि तथा श्री ३ महाराज मोहन शम्शेर र भाई बबर शम्शेर यतै बैङ्गलोर तिर आएर बसेका थिए ।
श्री ३ महाराज मोहन शम्शेरको यतै निधन पनि भएको थियो, पछी समयको उत्तरार्धमा रानी खगेश्वरी देवी द्धारा जयपृथ्वीबहादुर सिंह द्धारा स्थापना गरेको ह्युम्यानिस्टिक क्लब ले आयोजना गर्ने आध्यात्मिक कार्यक्रमहरु यही जय भवनमा हुन थाल्यो ।
भारत स्वतन्त्र भए पछी पनी यस भवनमा क्लवका कार्यक्रमहरु दिनानुदिन हुन थाले र श्रीमान र सन्तान नभएकाले पनि रानी खगेश्वरी लाई बाच्नको लागी सामाजिक काम तथा आध्यात्मि प्रवचन र सभा सम्मेलनहरु मा समर्पीत गर्दे जाँदा श्री अरबिन्दो सोसाईटिमा आवद्ध भई सन् १९७९ मा अरबिन्द सोसाईटि लाई बिधिबद रुपमा यो भवन र यसले ओगटेको चल अचल सम्पती दान दिनु भयो ।








.jpg)


Comments
Post a Comment