श्री पशुपति मा.बि. कोटीहवामा पुर्व बिद्यार्थी संगठित तथा पुनर्मिलन
पौष १९ कोटीहवा, तिलोत्तमा बि.सं. २०३४ सालमा स्थापना भएको यस क्षेत्रको पुरानो बिद्यालय भित्र पर्ने श्री पशुपति मा.बि. कोटीहवामा अध्यन गरिसकेका बिद्यार्थीहरु बिद्यालय स्थापना भएको ४८ बर्ष पछी आएर संगठित भएका छन् । यस क्षेत्रमा श्री पशुपति मा.बि. भन्दा पहिला राणा कालिन बिद्यालय पनि छन् यस पशुपति मा.बि. भन्दा जेठा बिद्यालयहरु पनि छन् तर यस बिद्यालयमा स्थापना काल देखी नै बिद्यार्थीहरु को चाप र शिक्षाको गुणस्तर राम्रो भएको हुदा स्थापना समय देखी नै आफु भन्दा जेठा र कान्छा बिद्यालयहरु भन्दा भौतिक संरचना वा शिक्षाको गुणस्तरमा अब्बल रहदै आएको छ । बि.सं. २०३४ सालमा स्थापना भएको केही वर्ष सम्म कक्षा ७ सम्म मात्र अध्यन हुने यस बिद्यालयमा बि.सं. २०५१ साल देखी एस.एल.सी. परिक्षामा सहभागी भएको थियो । बि.स. २०५१ साल देखी एस.एल.सी. सहभागी भएको यस बिद्यालयले समय अनुरुप आफु लाई परिवर्तन गर्दे जाने उदेश्यले बि.स. २०५८ साल देखी कक्षा ११ र १२ अध्यन सुरु गर्न थालेको थियो । बिद्यार्थीको चाप र समयको माग लाई मध्यनजर गर्दे त्रिभुवन बिश्वबिद्यालय संग अनुमति र सम्बन्ध प्राप्त भई पशुपति कलेज स्थापना गरेको यस बिद...