श्री पशुपति मा.बि. कोटीहवामा पुर्व बिद्यार्थी संगठित तथा पुनर्मिलन
पौष १९ कोटीहवा, तिलोत्तमा
बि.सं. २०३४ सालमा स्थापना भएको यस क्षेत्रको पुरानो बिद्यालय भित्र पर्ने श्री पशुपति मा.बि. कोटीहवामा अध्यन गरिसकेका बिद्यार्थीहरु बिद्यालय स्थापना भएको ४८ बर्ष पछी आएर संगठित भएका छन् । यस क्षेत्रमा श्री पशुपति मा.बि. भन्दा पहिला राणा कालिन बिद्यालय पनि छन् यस पशुपति मा.बि. भन्दा जेठा बिद्यालयहरु पनि छन् तर यस बिद्यालयमा स्थापना काल देखी नै बिद्यार्थीहरु को चाप र शिक्षाको गुणस्तर राम्रो भएको हुदा स्थापना समय देखी नै आफु भन्दा जेठा र कान्छा बिद्यालयहरु भन्दा भौतिक संरचना वा शिक्षाको गुणस्तरमा अब्बल रहदै आएको छ ।
बि.सं. २०३४ सालमा स्थापना भएको केही वर्ष सम्म कक्षा ७ सम्म मात्र अध्यन हुने यस बिद्यालयमा बि.सं. २०५१ साल देखी एस.एल.सी. परिक्षामा सहभागी भएको थियो । बि.स. २०५१ साल देखी एस.एल.सी. सहभागी भएको यस बिद्यालयले समय अनुरुप आफु लाई परिवर्तन गर्दे जाने उदेश्यले बि.स. २०५८ साल देखी कक्षा ११ र १२ अध्यन सुरु गर्न थालेको थियो । बिद्यार्थीको चाप र समयको माग लाई मध्यनजर गर्दे त्रिभुवन बिश्वबिद्यालय संग अनुमति र सम्बन्ध प्राप्त भई पशुपति कलेज स्थापना गरेको यस बिद्यालयमा अध्यन गरेर हजारौ बिद्यार्थीहरु नेपाल तथा अन्तराष्ट्रिय बिभिन्न संघ सस्थाहरु मा आवद्ध भई आ–आफ्नो क्षेत्रमा कार्यरत रहेका छन् ।
१३ सदस्य तदर्थ समिति , तस्बिर सौ. रबि जंग कार्कीयस क्षेत्रको पुरानो बिद्यालय जो बि.स. २०३४ साल देखी अनवरत प्रत्येक बर्ष बिद्यार्थीहरु यस बिद्यालयबाट उज्वल भबिष्यको परिकल्पना गरी अगाडीको शिक्षा तथा अध्यन र आ–आफ्नो कार्यक्षेत्रमा जाँदा ति बिद्यार्थीहरु र यस बिद्यालय बिच माया र सम्बन्ध बनिरहोस भनी केही पुर्व बिद्यार्थीहरु को जमर्को र शिक्षकहरुको सहयोगमा यस बिद्यालयबाट अध्यन गरिसकेका बिद्यार्थीहरु लाई संगठित गर्ने उदेश्यले पौष १९ गते शनिबारको दिन बिद्यालयको सभाहलमा करिब ५० जना पुर्व बिद्यार्थी, शिक्षक, बि.व्यवस्थापन समिति र हाल अध्यन गराउदै गर्नुहुने शिक्षक तथा बर्तमान बि.व्यवस्थापन समितिको रोहवरमा एक १३ सदस्य भएको तर्दथ समिती गठन गरेको छ । सो समीतिले गठन भएको केही समय भित्र बृहत पुर्व बिद्यार्थीहरु भेला गराई सो भेला बाट बिधान पारित गरी नया चुस्त र दुरुस्त पुर्व बिद्याथी संगठन निमार्ण गर्ने भनी १३ सदस्यि समिति निमार्ण गरेको थियो ।
१३ सदस्य तदर्थ समिति
अध्यक्ष ः केशव प्रसाद यादव
उपाध्यक्ष ः भिम कुमारी पुन र तुलशी प्र. पराजुली
सचिव ः पुरुषोत्तम सुबेदी
सह–सचिव ः अनिता चौधरी
कोषाध्यक्ष ः ईश्वर बुढाथोकी
सदस्यहरु ः
लक्ष्मी पुन
मनोज क्षेत्री
कुल प्रसाद बस्याल
यादव कोईराला
मुक्ति बस्याल
गायत्री भण्डारी
जिबलाल भुषाल
सल्लाहकार समिति
बिद्यालय व्वस्थापन समिति अध्यक्ष
तिलोत्तमा वडा नं. १५ वडा अध्यक्ष
बिद्यालय प्र.अ.
तस्बिर सौ. रबि जंग कार्की
पुर्व बिद्यार्थी संगठित तथा पुनर्मिलनकार्यक्रममा केही थान यादगार तस्बिरहरु
पुर्व बिद्यार्थी, शिक्षक, बि.व्यवस्थापन समिति र हाल अध्यन गराउदै गर्नुहुने शिक्षक
सह–प्र.अ. चक्रपाडी बस्याल
पुर्व बिद्याथी तथा ति.न.पा. वडा नं. १५ अध्यक्ष खेमराज गुरुङ्ग (मुन्ना दाई)
श्री पशुपति मा.बि. कोटीहवा
समाचार लेखन तथा तस्बिर
बि.स. २०६० साल एस.एल.सी. ब्याच रबि जंग कार्की
तिलोत्तमा न.पा. १६, बिहुली हाल सिटिजन्स बैक कोटीहवा शाखा कार्यरत








Comments
Post a Comment