Posts

Showing posts from May, 2022

बेलायतमा श्री ३ जुद्ध शम्शेरको कार ५१ लाखमा बिक्रि

Image
भैरहवा, रुपन्देही १४ जेष्ठ २०७९ बेलायतको म्यानचेस्टरका क्रसले भाईहरु ले आफ्नो पहिलो मोटर सन् १९०४ मा निर्माण गरे । बेलायती र बिदेशी राजपरिवारको लागी क्रसले भाईहरु द्धारा २० औ शताब्दीको सुरुवाती बर्षमा उच्च गुणस्तरका राम्रो इन्जिन भएका कारहरु उत्पादन गर्न थाले र ति कार हरु जब बेलायती राजा जर्ज छैटौ र रानी आफ्ना उपनबेश भएका मुलुकमा भ्रमण गर्न जाँदा ति कारहरु पनि पठाइयो जसमा लिमोसिन र ल्यान्डोलेट मोडेलहरु समावेश गरिएको थियो ।  यही क्यानबेरा ल्यान्डोलेट कार सात समुद्र पारी बाट पानी जाहाजमा लोड गरी ब्रिटिस भारतको प्रसिद्ध बन्दरगाह कलकत्तामा सन् १९३० को दशक ताका जब नेपालको प्रधानमन्त्री श्री ३ महाराज जुद्ध शम्शेर थिए वहाले यो कार लाई बेलायत बाट आफ्नो लागी मगाएका थिय जुन ब्रिटिश भारतको कलकत्ता आईसकेपछी बिहारको रक्सौल सिमा बाट नेपालको बिरगन्ज, अमलेखगन्ज, भिमभेदी, चित्लाङ्ग हुदै काठमान्डौ खाल्टोमा भरियाहरु द्धारा अनेकन दिन रात लगाएर पुरयाईयको थियो र त्यस समयमा यो मोटर कार श्री ३ जुद्ध शम्शेर प्रधानमन्त्री हुदाँ सम्म प्रयोगमा ल्याउनु भयो पछी जब वहाँ देश छोडेर ब्रिटिस भारतको देहरादुनमा बस्न थ...

रुपन्देहीको ओमसतियामा राणाकालिन दरवारको जिर्ण अवस्था

Image
रुपन्देही, ओमसतिया जेठ ९ २०७९, नेपाल सरकारको २ दिने बिदाको मौका लाई आफ्नो रुची अनुशारको घुमाईमा खर्च गरियो जाँहा पश्चिम नेपालको रुपन्देही जिल्ला साबिकको पटखौली र हालको ओमसतिया गाँ.पा. मा पर्ने भेलाही गाँउ जुन राणा कालिन हुलाकी राजमार्ग बाट करिव ३ कि.मी.को दुरीमा अवस्थित रहेको छ त्यहा नेपालमा राणा बंशको सस्थापक शासक जङ्ग बहादुर राणा जी का सहोदर भाई खलकहरु जो नेपालको शासन सत्ता बाट जङ्ग बहादुरको मृत्यु पछि काठमान्डौ बाट बिभिन्न बाहानामा बाहीरिय र शासक दाजु भाई शम्सेर खलकबाट तराईका बिभिन्न जिल्लाहरु मा बिर्ता पाई बस्न थाले सोही क्रममा नरसिंह राणा खलकका सदस्यहरु पश्चिम तराईको समतल र मलिलो फाँट जुन उत्तर र पुर्वमा घनघोर सालका जंगलबाट घेरीएर रहेको उत्तरमा खैरहनी, बिर्ता देखी दक्षिणमा धकधैइको तल्लो मैदान सम्मको बिर्ता पाई करिब आज भन्दा १२० बर्ष भन्दा पहिला यहाँ आई बस्ति आवाद गरी खेती गराई लगान उठान गराउन जमिन्दार साहु माहाजन हरु को सभा बनाई बसेका थिय । त्यही बिरासत अन्र्तरगतको घर हो यो जस्लाई हामी राणा जि को कोठी वा हवेली भनिदो रहेछ जुन ३ तल्ले थियो जाँहा बाट खैरहनी र धकधैईको मौजा देखीन्थयो...