रुपन्देहीको ओमसतियामा राणाकालिन दरवारको जिर्ण अवस्था

रुपन्देही, ओमसतिया जेठ ९ २०७९,

नेपाल सरकारको २ दिने बिदाको मौका लाई आफ्नो रुची अनुशारको घुमाईमा खर्च गरियो जाँहा पश्चिम नेपालको रुपन्देही जिल्ला साबिकको पटखौली र हालको ओमसतिया गाँ.पा. मा पर्ने भेलाही गाँउ जुन राणा कालिन हुलाकी राजमार्ग बाट करिव ३ कि.मी.को दुरीमा अवस्थित रहेको छ त्यहा नेपालमा राणा बंशको सस्थापक शासक जङ्ग बहादुर राणा जी का सहोदर भाई खलकहरु जो नेपालको शासन सत्ता बाट जङ्ग बहादुरको मृत्यु पछि काठमान्डौ बाट बिभिन्न बाहानामा बाहीरिय र शासक दाजु भाई शम्सेर खलकबाट तराईका बिभिन्न जिल्लाहरु मा बिर्ता पाई बस्न थाले सोही क्रममा नरसिंह राणा खलकका सदस्यहरु पश्चिम तराईको समतल र मलिलो फाँट जुन उत्तर र पुर्वमा घनघोर सालका जंगलबाट घेरीएर रहेको उत्तरमा खैरहनी, बिर्ता देखी दक्षिणमा धकधैइको तल्लो मैदान सम्मको बिर्ता पाई करिब आज भन्दा १२० बर्ष भन्दा पहिला यहाँ आई बस्ति आवाद गरी खेती गराई लगान उठान गराउन जमिन्दार साहु माहाजन हरु को सभा बनाई बसेका थिय । त्यही बिरासत अन्र्तरगतको घर हो यो जस्लाई हामी राणा जि को कोठी वा हवेली भनिदो रहेछ जुन ३ तल्ले थियो जाँहा बाट खैरहनी र धकधैईको मौजा देखीन्थयो टेलिस्कोपले भनेर भन्छन गाँउले हरु । यहाँ बस्ने अन्तिम राणा जि डोर नरसिंह राणा बि.सं. २०५१ पछि नेपालको राजनितिमा जुन परिवर्तन आयो त्यस परिवर्तनका अगुवाहरु द्धारा डोर नरसिंह राणा जि लगायत अनेकन बिर्ता वाला र जमिन्दारहरु लाई सामन्तको बिल्ला लगाई जबरन गाँउ बाट पलायन गराईदिए र अहिले यो घर खन्डहर बनेको छ कुनै समय थियो यो घर दुलही जस्तो सजियको हुन्थयो र अहिले उजडा भएको छ । समय, कालखण्डको इतिहासको आँखाबाट हेर्दा बडो महत्वपुर्ण छ यो स्थान यस भवनको मालिक संग सहकार्य गरी संरक्षण पाए इतिहासको रुचि भएका हरु लाई आकर्षीत गर्ने थियो ।









Comments

Popular posts from this blog

भारतको बेङ्गलोरमा बझाङ्गी राजा श्री जयपृथ्बी बहादुर सिंह को भब्य महलको कथा

मधवलिया ब्याडमिन्टन क्लबको अध्यक्षमा : केशव सिंह चौधरी सर्वसहमत चयन

दिल्ली दरवारमा श्री ३ चन्द्र शम्शेरको आतिथ्यता