बेलायतमा श्री ३ जुद्ध शम्शेरको कार ५१ लाखमा बिक्रि

भैरहवा, रुपन्देही १४ जेष्ठ २०७९

बेलायतको म्यानचेस्टरका क्रसले भाईहरु ले आफ्नो पहिलो मोटर सन् १९०४ मा निर्माण गरे । बेलायती र बिदेशी राजपरिवारको लागी क्रसले भाईहरु द्धारा २० औ शताब्दीको सुरुवाती बर्षमा उच्च गुणस्तरका राम्रो इन्जिन भएका कारहरु उत्पादन गर्न थाले र ति कार हरु जब बेलायती राजा जर्ज छैटौ र रानी आफ्ना उपनबेश भएका मुलुकमा भ्रमण गर्न जाँदा ति कारहरु पनि पठाइयो जसमा लिमोसिन र ल्यान्डोलेट मोडेलहरु समावेश गरिएको थियो ।

 यही क्यानबेरा ल्यान्डोलेट कार सात समुद्र पारी बाट पानी जाहाजमा लोड गरी ब्रिटिस भारतको प्रसिद्ध बन्दरगाह कलकत्तामा सन् १९३० को दशक ताका जब नेपालको प्रधानमन्त्री श्री ३ महाराज जुद्ध शम्शेर थिए वहाले यो कार लाई बेलायत बाट आफ्नो लागी मगाएका थिय जुन ब्रिटिश भारतको कलकत्ता आईसकेपछी बिहारको रक्सौल सिमा बाट नेपालको बिरगन्ज, अमलेखगन्ज, भिमभेदी, चित्लाङ्ग हुदै काठमान्डौ खाल्टोमा भरियाहरु द्धारा अनेकन दिन रात लगाएर पुरयाईयको थियो र त्यस समयमा यो मोटर कार श्री ३ जुद्ध शम्शेर प्रधानमन्त्री हुदाँ सम्म प्रयोगमा ल्याउनु भयो पछी जब वहाँ देश छोडेर ब्रिटिस भारतको देहरादुनमा बस्न थाले पछी यो कार लाई वहाँका सन्तान वा तत्कालिन राष्ट्र प्रमुख श्री ३ महाराज हरु द्धारा राजकिय समारोह र परेडहरु मा मात्र प्रयोगमा ल्याईयको थियो .

जब देशमा २००७ साल आयो अनि राणा शासन पछि प्रजातन्त्र ल्याईयो तब पनि यो कार लाई राजा त्रिभुन र त्यसपछि राजा महेन्द्र ले पनि राजकिय समारोहहरुमा मात्र प्रयोग गरेको पाईयो पछि यो कार बि.स. २०२४ साल सम्म नेपालको काठमान्डौंको सडकमा देखिनथ्यो तर सन् १९६८ बि.स. २०२५ साल तिर नेपाल भ्रमणमा आएका एक अमेरिकी नागरीक नर्मन ब्राम्बबले फेला पारे तव वहाँ लाई यो मोटरकार असाथ्यै मन पर्यो र यस कार लाई अमेरीकाको साल्ट लेक सिटी लगे र त्यहाँको स्थानिय परेडहरु मा यो कार लाई प्रयोगमा ल्याईयो पछि को कार स्व. रिजर्ड डे द्धारा सन् १९८८ मा यस कार लाई अधिग्रहण गरी इङ्गल्याण्ड ल्याउनु भयो र ल्याईयको केही समयमै यो कार लाई अटोमोबाईल म्यागजिनमा प्रकाशन गरियो त्यस पछी यो गाडी निर्माता क्रसले को अनुरोधमा यो कार लाई म्यानचेस्टर बिज्ञान र प्रबिधि संग्रहालयमा प्रदर्शनमा राखियो । 

अहिले यो शानदार कार जो सँग छ वहाँ ले सन २००१ मा राजधानी लन्डन भन्दा उत्तर तिर रहेको हेन्टन शहरमा अवस्थित आर. ए. एफ. संग्रहालय बाट बोनहम्स् जो एक निजी स्वामित्वको अन्तराष्ट्रिय निलामी घर रहेको छ जस्सले ललित कला र पुरातन बस्तुहरु को संसारको सबैभन्दा पुरानो र ठुलो निलामीकर्ताको रुपमा चिनिन्छ उसले त्यहाँ यो कार लाई सन् २००१ मा ३२,७७५ पाउण्ड स्टर्लिग मा अहिलेको मालिकले खरिद गरेका थिय जुन अहिलेको नेपाली रुपिया ५१,२९,०००। पर्दछ । 

बोनहम्स्ले उल्लेख गरे अनुशार यो कारको पहिलो मालिक नेपालको राणा प्रधानमन्त्री श्री ३ जुद्ध शम्शेर जङ्ग बहादुर राणा हुनुन्छ र त्यस समयमा यो कार निर्माण कम्पनीले यस्तो कार १७ वटा मात्र बनाएको थियो जुन आफैमा एक शानदार निर्माण थियो । यो कारको रङ्ग आफैमा शाही थियो, कारको भित्रि सजावट भव्यको साथै भित्र उज्यालोको लागी आन्तरिक प्रकाशको व्यवस्था, पत्रिका र अन्य सरसमान राख्नको लागी जालीदानी, सिटहरु मा प्रयोग भएका लेदर र सिट पनि अगाडी पछाडी गर्न मिल्ने खालका साथै चालकको नजिकै लवडको हर्नको पनि व्यवस्था थियो यो इतिहासको दुर्लभ र आलिसान कार के कसरी को मार्फत बि.स. २०२४ साल ताका एक बिदेशीले अमेरीका लगे यो आफैमा अनुशन्धानको बिषय छ यसको बारेमा पछी खोजबिन गरौला तर श्री ३ जुद्ध शम्शेरको मोटरकार बडो आलिसान रहेछ । 

यो कार बेलायत देखी भारत हुदै नेपाल आयो पछि अमेरीकाको केही वर्षको बसाई पछी पुन आफु निमार्ण भएको राष्ट्र बेलायत नै लगियो तर पनि यो कारमा लागेको ल्याण्डमार्क भने खरिद कर्ता ले सुरक्षित राखेका छन् तियो थियो यस कारको पहिलो मालिक श्री ३ जुद्ध शम्शेर र नेपाली नम्बर प्लेट बा. ३७ अ. ।

यस लेखमा प्रयोग गरियका तस्बिरहरु र शब्दहरु को पुर्ण अधिकार बोनहम्स लाई जान्छ जो एक निजी स्वमित्वको अन्तराष्ट्रिय निलामीकर्ता हो, जस्सले ललितकला, प्रचिन बस्तुहरु, गहना, मोटरकार को नामी निलामी हो । 

तस्बिरमा २०.९ हर्षपावरको क्यानबेरा ल्यान्डौैलेट
















All PHOTO CREDIT BY : BONHAMS 

Comments

Popular posts from this blog

भारतको बेङ्गलोरमा बझाङ्गी राजा श्री जयपृथ्बी बहादुर सिंह को भब्य महलको कथा

मधवलिया ब्याडमिन्टन क्लबको अध्यक्षमा : केशव सिंह चौधरी सर्वसहमत चयन

दिल्ली दरवारमा श्री ३ चन्द्र शम्शेरको आतिथ्यता