अन्तिम थापा : क्रिकेटर देखी बैकर्स सम्मको यात्रा
भैरहवा, फाल्गुन ६ शनिवार यस क्षेत्रमा क्रिकेट प्रति रुचि राख्नेहरु का लागी चिनपरिचित नाम हो अन्तिम थापा, भारतमा सम्पन्न सन् २००४ को एसिया कपमा १७ वर्ष भन्दा कम उमेर समुह खेल बाट अन्तराष्ट्रिय डेब्यु गरेका थापा देशको लागी देश भित्र र बाहीर दर्जनौ खेल खेलेका छन् । सन् २००८ यो साल हो जुन साल जसरी हरेक नेपालीको लागी सम्झने वर्ष भयो त्यसरी नै भैरहवाका अन्तिम थापाको लागी पनि बिशेष वर्ष साबित भयो । हरेक नेपालीको लागी आस्थाको केन्द्र मानिएको राजसस्थाको अन्त गरि नेपाल अवउपरान्त संघिय गणतन्त्र भयो भने नेपाली क्रिकेट जगत जुन अन्तराष्ट्रिय क्षेत्रमा बामे सर्दे गर्दा त्यसको माहाकुम्भ वर्डकप प्रतियोगिताका लागी नेपालको तर्फ बाट अन्डर १९ बिश्वकपको नेपाली टोलीमा पर्न सफल यस क्षेत्रका एक १७ बर्षका युवा खेलाडी जो यही गाँउ टोल गल्लीमा क्रिकेट खेलेर तिखारिएका थिय अन्तिम थापा लुम्बिनी खुकुरी क्लबबाट खेल्ने दायाँ हाते ब्याट्सम्यान र अफ स्पिनर उही युवा नेपाली टोलीमा पर्न सफल भयका थिय ति युवाको लागी पनि स्मणणिय भयो सन् २००८ . जुन पश्चिम तराईको प्रमुख व्यापारी केन्द्र भैरहवाको बेलहिया वडा नं. १...