प्रथम तिलोत्तमा पुरुष डबल भेट्रान्स ब्याटमिन्टनको उपाधी शंकरनगर ब्याटमिन्टन क्लवका सुरज र पुरन लाई
तिलोत्तमा, माघ २१
तिलोत्तमा नगरपालिकाको आयोजना तथा मधवलिया व्याटमिन्टन क्लवको व्यवस्थापनमा भएको प्रथम तिलोत्तमा डबल पुरुष भेट्रान्स ब्याटमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । आजको यस प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका बिभिन्न १६ टिमको सहभागिता रहेको थियो । आज सम्पन्न कार्यक्रम उद्धघाटन कार्यक्रमको प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाको उप–प्रमुख श्री जागेश्रवरदेवी चौधरी द्धारा पानसमा बत्ति बालेर र खेलका प्रमुख निर्णायकलाई कर्क प्रदान गरि गनुभएको थियो । सो अवसरमा कार्यक्रमको प्रमुख अतिथिको मनतव्य राख्दै उप–प्रमुख चौधरीले यो क्लव जो छोटो समयमा यति ठुलो लगानी गरी सुबिधा सम्पन्न कर्वडहल बनाउन सफल भएको छ यो कार्य आफैमा गौरवको कुरा हो, साथै समय समयमा जिल्ला र नगर स्तरको खेल आयोजना गर्नाले क्लवको राम्रो छवि स्थापित गर्न सफल भएको पनि छ र आगामी दिनहरु मा प्रदेश र राष्ट्रि«य स्तरको खेलकुद आयोजना वा व्वस्थापन गरी आफु लाई खरो साबित गरोस भन्दै मेरो र नगरपालिको तर्फ बाट के कस्ता सहयोगको आवश्यक पर्दछ सो को लागी म लगाएत हाम्रो सिंगो टिमको सहयोग हुनेछ भनेर आफ्नो मन्तव्य राख्नु भएको थियो ।
मधवलिया ब्याटमिन्टन क्लवका अध्यक्ष अधिवक्ता केशव सिंह चौधरी ले क्लवको तर्फ बाट स्वागत मन्तब्य राख्नु भएको थियो, चौधरीले हाम्रो क्लवले बिगत १० बर्ष देखी बाट यस क्षेत्रमा रहेका खेलप्रेमी हरु लाई यस खेलको माध्यमबाट एकजुट गरी बिभिन्न रचनात्मक कार्यक्रमहरुमा सहभागी गराई वहाँहरु को व्यक्तिगत जिवनस्तर लाई परिवर्तन गर्न सफल भएकोमा गर्व लाग्छ भन्नुभएको छ साथै आगामी दिनहरु मा पनि स्थानिय सरकारको सहयोग, खेलाडी साथीहरुको उत्साह र मेरा क्लवका साथीहरुको साथ जोस जाँगर भएमा यि यस्ता क्रार्यक्रम र प्रतियोगिताहरु आयोजना गरिने छ भनेर भन्दै कार्यक्रममा सहभागी खेलाडी, दर्शक, अतिथी र आयोजक तिलोत्तमा नगरपालिका परिवार लाई धन्यवाद दिदै आफ्नो स्वागत मन्तव्य राख्नु भएको थियो ।
आज सम्पन्न तिलोत्तमा नगरपालिकाको आयोजना तथा मधवलिया व्याटमिन्टन क्लवको व्यवस्थापनमा भएको प्रथम तिलोत्तमा डबल पुरुष भेट्रान्स ब्याटमिन्टन प्रतियोगितामा १६ वटा टिमहरु एक आपसमा बडो रोचकपुर्ण तरिकाले खेल सम्पन्न गरेका थिय, सो खेलमा ४५ वर्ष माथीका पुरुष खेलाडी हरु को जुन उत्साह, खेल प्रति रुचि र खेलमा हुनु पर्ने महत्वपुर्ण अंश अनुशासन सहित खेल खेलेर खेल हेर्न आएका आगन्तुक दर्शक र अतिथिहरु को मन जित्न सफल भएका थिए । आजको प्रतियोगितामा प्रथम स्थान शंकरनगर ब्याटमिन्टन क्लवका पुरन राना र सुरज गुरुङ्गको जोडी प्रथम, दोस्रो स्थान मधवलिया व्याटमिन्टन क्लवका होम कुमार गुरुङ्ग (लाहुरे दाई) र बलराम पन्थीको जोडी र तृतिय स्थान मधवलिया व्याटमिन्टन क्लवका खेलाडीहरु केशव सिंह चौधरी, अर्जुन सिंह ठकुरी र प्रकाश थापा क्षेत्री र चेत बलालको जोडी भएका छन् । प्रतियोगितामा प्रथम, द्धतिय र तृतिय स्थान हासिल गर्ने खेलाडीहरु लाई कार्यक्रमका बिशिष्ट अतिथि ससस्त्र प्रहरी बलका डि.आई.जी. बिदुर खड्का र क्लवका संरक्षक एभरेष्ट कथ्था रोरिङ्ग मिल्स् प्रा.लि.का सञ्चालक बसन्त रोक्का क्षेत्री द्धारा खेलाडीहरु लाई पुरस्कार स्वरुप नगद र ट्र«फी प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको सुरुवातमा नोबेल ईन्भारमेन्ट एकेडमीका बिद्यार्थीहरु द्धारा रचनात्मक मार्चपासको साथै खेलको बिच बिचमा समय निकालेर सास्कृतीक नृत्य पनि प्रस्तुत गरिएको थियो, यस एकेडेमी द्धारा समय समयमा स–साना बिद्यार्थी हरु लाई यसै कर्वड हलमा बिभिन्न उमेर समुह अनुशार तालिम र प्रतियोगितामा सहभागी गराई नव खेलाडीको उत्पादनमा पनि जोड दिएको भनेर क्लवका सदस्य तथा नोबेल ईन्भारमेन्ट एकेडमीका सञ्चालक सुन्दर गुरुङ्ग ले जानकारी दिनुभएको थियो । प्रथम तिलोत्तमा डबल पुरुष भेट्रान्स ब्याटमिन्टन प्रतियोगिता होम कुमार गुरुङ्गको संयोजकतत्व र रक्षा सिंहको सञ्चालनमा सम्पन्न भएको थियो ।







Comments
Post a Comment