अन्तिम थापा : क्रिकेटर देखी बैकर्स सम्मको यात्रा

भैरहवा, फाल्गुन ६ शनिवार

यस क्षेत्रमा क्रिकेट प्रति रुचि राख्नेहरु का लागी चिनपरिचित नाम हो अन्तिम थापा, भारतमा सम्पन्न सन् २००४ को एसिया कपमा १७ वर्ष भन्दा कम उमेर समुह खेल बाट अन्तराष्ट्रिय डेब्यु गरेका थापा देशको लागी देश भित्र र बाहीर दर्जनौ खेल खेलेका छन् । सन् २००८ यो साल हो जुन साल जसरी हरेक नेपालीको लागी सम्झने वर्ष भयो त्यसरी नै भैरहवाका अन्तिम थापाको लागी पनि बिशेष वर्ष साबित भयो । हरेक नेपालीको लागी आस्थाको केन्द्र मानिएको राजसस्थाको अन्त गरि नेपाल अवउपरान्त संघिय गणतन्त्र भयो भने नेपाली क्रिकेट जगत जुन अन्तराष्ट्रिय क्षेत्रमा बामे सर्दे गर्दा त्यसको माहाकुम्भ वर्डकप प्रतियोगिताका लागी नेपालको तर्फ बाट अन्डर १९ बिश्वकपको नेपाली टोलीमा पर्न सफल यस क्षेत्रका एक १७ बर्षका युवा खेलाडी जो यही गाँउ टोल गल्लीमा क्रिकेट खेलेर तिखारिएका थिय अन्तिम थापा लुम्बिनी खुकुरी क्लबबाट खेल्ने दायाँ हाते ब्याट्सम्यान र अफ स्पिनर उही युवा नेपाली टोलीमा पर्न सफल भयका थिय ति युवाको लागी पनि स्मणणिय भयो सन् २००८ .

जुन  पश्चिम तराईको प्रमुख व्यापारी केन्द्र भैरहवाको बेलहिया वडा नं. १ मा बुवा यस क्षेत्रका क्रिकेट कोच जङ्ग बहादुर थापा र आमा उषा थापाको कोख बाट कान्छा छोराको रुपमा जन्म लिएका थिय,  त्यस कारण थापाका बुबा आमा ले आफ्नो अन्तिम संन्तान भएकाले नाम पनि अन्तिम राखेको बताउन्छन अन्तिम थापाका बुवा जो आफु पनि भैरहवा क्षेत्र नं. ४ का कोच हुनुन्थ्यो। औपचारिक शिक्षा भैरहवा बाट गरेका थापा पढाई लेखाईको साथै खेलकुदमा रुचि राख्दथे त्यसैको कारण स्कुले र टोले साथीहरु साथ भैरहवाको आसपास गाँउहरुमा सिमावर्ती क्षेत्र भएको कारण अन्य खेलकुद भन्दा क्रिकेट नै खेल्ने भएकाले अन्तिम थापा लगायतका साथीहरु क्रिकेट तिर चाख दिन थाले, घरमा कान्छा छोरा पनि भएर होला सबैको माया पाएका थापा पढाई र क्रिकेट संगै लगे र स्थानिय स्तरमा अन्तिम थापा क्रिकेटका ताईकुन भैसकेका थिय । स्थानिय स्तरमा हुने ससाना देखी ठुला खेलहरु मा पनि थापा लाई निमन्त्रणा हुन लाग्यो र उनी खेल्नका लागी बिभिन्न गाँउ, टोल हुदै बिभिन्न जिल्लाहरु मा जान लागे । 

जब भैरहवा र बेलहीयाका केही खेलाडी र खेलप्रेमीहरु द्धारा  बि.सं. २०२७ सालमा लुम्बिनी खुकुरी क्लवको स्थापना गरे तब बाट यस क्षेत्रका युवा तथा नयाँ खेलाडी लाई जसरी लाभदायक खुराकी भयो त्यसरी नै अन्तिम थापाका लागी पनि क्लवले नयाँ मुकाम बनायो र यही लुम्बिनी खुकुरी क्लवको सडकमा आफ्नो क्रिकेट यात्राको गति लिन थाले । नेपाल भित्र पनि राष्ट्रिय स्तरको सहभागी गरेका थापा यस क्षेत्र अर्थात पहिला पश्चिमाञ्चल हाल लुम्बिनी प्रदेशको टिम बाट र व्यवसायिक लिगहरुमा राष्ट्रिय स्तरको सहभागी जनाउदथे । राष्ट्रिय टिममा नभए पनि थापा स्थानिय स्तरका क्लवका नव खेलाडी, स्कुले बिद्यार्थीहरु लाई क्रिकेट सिकाउने कार्य गर्न छोडेनन् । बिभिन्न समयमा भिन्न भिन्न संस्थाहरुमा आवद्ध भई यस क्षेत्रमा क्रिकेट खेल, खेलाडी र यसै क्षेत्रमा बिभिन्न रचनात्मक कार्यहरु गरिरहेका छन् ।  

आफ्नो परिवारका साथमा अन्तिम थापा


अन्तिम थापा नेपालको तर्फ बाट सहभागी अन्तराष्ट्रि«य खेलहरु :

अंडर १७ एशिया कप २००४ (इंडिया)

अंडर १५ एशिया कप, २००५ (यू. ए. ई) 

अंडर १९ एशिया कप, २००६ (मलेशिया)

अंडर १९ वर्ल्ड कप, २००७, (मलेशिया)

अंडर १९ एशिया कप, २००९ ( कुवैत)

ए सी सी प्रीमियर लीग टूर्नामेंट, २००८ ( यू .ए .ई )

ए सी सी प्रीमियर लीग टूर्नामेंट, २००८ ( नेपाल )

पुर्व प्रधानमन्त्री तथा मदन भण्डारी स्पोर्टस एकेडमीका संरक्षक के.पी.ओली संगको भेटघाट गर्दाको तस्विर


क्रिकेट खेल्दा नभुल्ने क्षण के छ भनेर सोध्धा ,  " जब सन् २००५ यु.ए.ई.मा सम्पन्न एसिया कप अंडर १५ को फाईनल गेममा हाम्रो प्र्रतिद्धन्दीमा अफगानिस्तान थियो त्यस समयमा हामी नेपाली ले अफगानी टिमलाई जितेका थियम त्यो पनि बिदेशी भुमीमा उक्क्त गेममा मैले ३६ रन नट आउट र ४ विकेट लिदै हामी फाईनल जित्न सफल भयौ र म म्यान अफ द म्याच हुदाँ गर्व लागेको थियो । "

थापा राष्ट्रिय टिम बाट बाहिर रहेको समयमा आफ्नो सुरुवाती क्लव लुम्बिनी खुकुरीमा नै व्यस्त रही आफ्नो खेल लाई निरन्तरता दिई रहेका थिय, पछी घरको जिम्मेवार सदस्य भएकाले व्यवसायिक रुपमा भैरहवाको सनसाईन  आवसिय बोडिङ्ग स्कुलहरुमा क्रिकेट कोचको भुमिकामा ३ वर्ष निर्वाह पनि गरे, बिगत ४ वर्ष देखी काशी नोवेल एकेडमीमा कोचको रुपमा निरन्तर कार्यरत हुनुहुन्छ थापा, पछी पछी पुर्व राष्ट्रि«य खेलाडीहरु संग मिलि व्यवसायिकरुपमा क्रिकेट सिकाउने तर्फ पनि लागेका थापा आफ्नो खेल जिवनको यात्रामा ३६० डिग्रिको टर्न लिगेर एकदमै फरक क्षेत्रमा लाग्ने निर्णय गरी साबिकको तिनाउ मिसन डेभलपमेण्ट बैकमा जागिर खान पुगे, त्यस समयमा उक्क्त बैक भैरहवामा नयाँ शाखा खोल्ने क्रममा स्थानिय ब्राण्डीङ्ग भएको स्थानिय युवाको खोजिमा थियो र त्यसको लागी तत्कालिन शाखा प्रबन्धक एक नारायण अर्यालले सजिलै थापा लाई नै बजारमा आफ्नो बैकलाई मार्केटिङ्ग गर्न सहज हुने भएकाले र अर्यालको नजिक बाट चिनेजानेको र संगै क्रिकेट खेल्ने पनि भएकाले अर्यालको प्रस्तावमा बैंकमा छिरेका थापा अहिले नेपालको ' क ' वर्गको सिटिजन्स् बैक ईन्टरनेसलन लि. को भैरहवा नारायणथान स्थित सिद्धार्थनगर शाखामा कार्यरत छन् । हाम्रा संवाददाताले अव क्रिकेट खेल्नुहुन्छ कि नई भनेर सोध्धा थापाले भने ''क्रिकेट मेरो बुवाको रगतमा छ र मेरो शरिरमा पनि मेरो बुवाको रगत बगेकाले क्रिकेट र मेरो सम्बन्ध बाउ छोराको हो यस लाई भुल्ने त परको कुरा हो यो कुरा म सोच्न पनि सक्दैन । समय निकालेर अजै पनि रंगशाला जान्छु, नयाँ भाई बहिनी हरु लाई सिकाउन्छु, बिभिन्न सेमीनार तथा खेलहरुमा भैरहेको हुन्छु र कहिले काँही हामी बैक र करर्पोरेट जगतमा पनि गेमहरु हुदाँ सहभागी भईन्छ । भनेर भन्दै गर्दा एक छिन भावुक भै हिजोका दिनहरु मा नेपालको जर्सी लगाएर पिच भित्र खेल्थे अहिले बाहीर खेलीरहेको छु,'' भनेर भन्नुभएको छ । थापा घरेलु क्रिकेटमा क्षेत्र नं. ४ भैरहवा (हाल प्रदेश नं. ५) सिनियर टिम बाट बि.सं. २०६७ देखी २०७५ सम्म टिमको नेतृत्व गरि खेलेका थिय । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रपत्रिकामा अन्तिम थापा :


" हाल अहिले क्रिकेट अभ्यास को लागी तेती समय नभएता पनी बीदा को दिन कुनै मैच परे नाछोड़ने र फ़िटनेसले साथ दिये सम्म आफ़नो बैंकिंग जीवन सनसंगई अफ़नो खेल जीवन लाई पनी निरंतरता दिने भनेर भन्दै थिय थापा "

थापाले हाम्रा संवाददाता लाई भने " मैले क्रिकेट औपचारिकरुपमा यही हाम्रो लुम्बिनी खुकुरी क्लवबाट बि.सं. २०५९ साल ताका यसै क्लवको बि. टिम बाट खेलको सुरुवात गरेको र अहिले आएर यसै क्लवको क्याप्टेनमा आवद्ध रहेको र मेरो र क्लवको सम्बन्ध बिगत २० वर्ष देखी निरन्तर रहेको छ भनेर यो क्लव नै मेरो पहिलो व्यवसाहिक खेलको पाठशाला हो " भनेर भनेका थिय ।


















Comments

Popular posts from this blog

भारतको बेङ्गलोरमा बझाङ्गी राजा श्री जयपृथ्बी बहादुर सिंह को भब्य महलको कथा

मधवलिया ब्याडमिन्टन क्लबको अध्यक्षमा : केशव सिंह चौधरी सर्वसहमत चयन

दिल्ली दरवारमा श्री ३ चन्द्र शम्शेरको आतिथ्यता