दोस्रो कान्छीबजार साँस्कृतिक मेला – २०८१ बैशाख २० गते देखी

 तिलोत्तमा, बैशाख १५

मेला वा महोत्सव आफैमा एक आनन्दित शब्द हो जुन सुन्दै उत्साह र खुशीको अनुभुति हुन जान्छ । यही कारण नेपालका बिभिन्न जिल्लाहरुमा समय समयमा महोत्सव बिभिन्न बहाना वा अवसरहरुमा आयोजना गर्ने भनेर बिभिन्न संघ सस्था तथा समाज द्धारा स्थानिय, क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका बिभिन्न बिषेशताका मेला महोत्सवहरु सम्पन्न भैरहेका हुन्छन् । यि यस्तै मेला वा महोत्सव आयोजना हुने क्षेत्रमा आर्थीक गतिबिधी बढनुका साथै उत्पादनको प्रबद्र्धनमा सहयोगी बनेको हुन्छ भन्ने ब्यवसायीको भनाई छ ।

संसारलाई प्रत्यक्षरुपमा असर पारेको कोभिड माहामारीले नेपाल पनि अछुतो छैन । नेपाललाई पनि यसको प्रभावबाट प्राय सम्पुर्ण व्यपार ब्यवसायलाई प्रत्यक्ष असर पारेको थियो र त्यसको प्रभाव आज सम्म भैरहेको छ । नेपाली बजार कोभिड बाट जनतन उम्कदै अगाडी बढ्दा आर्थीक मन्दिको प्रभावले बिस्तारै उठ्न थालेको आर्थीक क्षेत्रलाई पुन असर पारेको छ । यही असरको प्रभावलाई कम गर्न र सुस्त रहेको नेपाली बजार लाई गति दिनको लागी बिभिन्न कार्यक्रमहरु सरकारी र निजि क्षेत्रबाट आयोजना भैरहेका छन् । सोही अनुरुप तिलोत्तमा नगरपालिका वडा नं. १० साबिक मक्रहर गा.बि.स. वडा नं. १ मा पर्ने यस क्षेत्रको पुरानो कान्छीबजार लाई केन्द्रबिन्दु बनाएर यस क्षेत्रका केही युवा, व्यवसायी, समाजसेबीको प्रयास र स्थानिय जनसमुदायको सहयोगमा पहिलो कान्छीबजार सास्कृतिक मेला सम्पन्न भएको थियो ।

                                                                                                                                  तस्बिर स्रोत ईन्टरनेट

दोस्रो कान्छीबजार साँस्कृतिक मेला – २०८१ 

पहिलो कान्छीबजार साँस्कृतिक मेलाको सफल आयोजना पछी यस बर्ष पनि बैशाख २० गते देखी जेष्ठ २ गते सम्म हुने भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छीबजार चोक देखी १०० मिटर उत्तर तर्फको खालि स्थानमा गर्न लागिएको हो भनेर आयोजक दुर्गा मन्दिर टोल बिकास सस्थाका अध्यक्ष प्रकाश श्रेष्ठ द्धारा हामीलाई जानकारी दिनु भएको छ । यो साँस्कृतिक मेला दोस्रो संस्करण हो, हरेक बर्ष बर्षमा मेला हुदै आएको छ । साँस्कृतिक मेलाको मुल आयोजक दुर्गा मन्दिर टोल बिकास संस्था रहेको छ ।

गत बर्ष पनि यही टोल बिकास सस्थाको आयोजना सम्पन्न भएको मेला लाई स्थानिय व्यपारी, समाजसेबी, मेलामा स्टल दर्ता शुल्क र प्रबेश शुल्क बाट उठेको रकमले मेलाको खर्च धान्ने गरेको बताउन्छन् आयोजक संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठ । आयोजकका अनुशार यस बर्ष करिब ५० वटा स्टल हुने र मनोरञ्जन तर्फ धेरै भन्दा धेरै थरीथरीका पिङ्ग र अन्य नयाँ साधनहरु थप गरिएको र साँस्कृतिक तर्फ गत वर्ष जस्तै यस बर्ष पनि स्थानिय र राष्ट्रिय कलाकारहरु ल्याउने भनेर श्रेष्ठले हामी लाई जानकारी दिनु भएको छ ।

साँस्कृतिक मेलाको आकर्षण

स्थानिय आदिवासी जनजाती समुदायहरु द्धारा बिभिन्न खानाका परिकारहरु

स्थानिय आर्गेनिक कृर्षी उपज

राष्ट्रिय कलाकारहरु द्धारा नृत्य तथा सांङ्गितक प्रस्तुती

स्थानिय कला सस्कृतिको प्रचारप्रसार तथा संरक्षण

स्थानिय उत्पादनको बिक्रि बितरण तथा प्रबद्र्धन

मेला स्थल जाने बाटो

दोस्रो कान्छीबजार साँस्कृतिक मेला स्थल पहिलो संस्करण जनहित मा.बि.को चौरमा सम्पन्न भएको थियो र यो पटक बिद्यालयको पठन पाठन सुचारु भएकाले कान्छीबजार चोक देखी उत्तर तर्फ करिब १०० मिटर भित्र खुला स्थानमा हुने छ । सो स्थान सम्म जानको सिद्धार्थराजमार्ग अन्तरर्गत मणिग्राम चोक बाट पुर्व लागे पछी रमपुरवा चोक बाट दक्षिण तर्फ लाग्ने, मंगलापुर चोक बाट सिधै पुर्व लागे पछी कान्छीबजार चोक र मधवलिया बाट पुर्व तर्फ मधवलिया भुताह सडक खण्डको बाटो लागे पछी जमुहानी बाट उत्तर तर्फ कान्छीबजार चोकमा पुग्न सकिन्छ ।

आयोजक संस्था श्री दुर्गा मन्दिर टोल बिकास संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठको तर्फ बाट

“सम्पुर्ण स्थानिय जनसमुदायमा हार्दीक निमन्त्रणा सहित दोस्रो कान्छीबजार साँस्कृतिक मेला २०८१ मा पाल्नु हुन भनी अपील गर्दछु । यो मेलाको परिकल्पनाकार म र मेरा साथीहरु हो , यो मेला आयोजना गर्नुको मुख्य उदेश्य भनेको यस कान्छीबजारको पुरानो गरिमा, ब्यापार र बिकास नै हो यो भन्दा अन्य अरु केही पनि होईन त्यसैले हाम्रो यो प्रयासमा सहकार्य गरिदिनुहुन सम्पुर्णमा अनुरोध गर्दछु ।

साथै यो मेला आयोजना गर्न बिभिन्न सहयोगी हातहरु लाई स–धन्यवाद दिन चाहन्छु । धन्यबाद”

                                       श्री दुर्गा मन्दिर टोल बिकास संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठ

कान्छीबजार एक परिचय 

प्राचिन बौद्धकालिन कोलिय गणराज्य र शाक्य गणराज्यको सिमाना रोहीणी नदि किनारमा बसेको बजार हो कान्छीबजार । यो बजार गुल्जार भएको आधा शताब्दि मात्र भएको छ । यस बजारको पुर्वमा सगरहवा गाँउ, पश्चिममा बेवरा, उत्तरमा मैनहवा र दक्षिणमा जमुहानी गाँउ रहेको छ । यस क्षेत्र थारु समुदायको बाहुल्य भएको क्षेत्र हो । पहिला मक्रहर गा.बि.स.को वडा नं. १ रहेको यो अहिले तिलोत्तमा नगरपालिकाको वडा नं. १० भएको छ । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्र्तगत रहेको यो बजार यस क्षेत्रहरु मा रहेको पुरानो बजारहरु बिर्ता, सेमरा र सहधौनीयाको बजार भन्दा कान्छो भएर होला यो बजारको नाम कान्छीबजार भएको हुन सक्छ । यो बजार म ५० बर्ष को भए म नजन्मिदै देखी लागेको हो भनेर स्थानीय चन्दा श्रेष्ठ ले पनि हामी लाई भन्नु भएको छ । त्यसैले यो बजार आफैमा पनि यस क्षेत्रको गरिमा हो र यो बजारलाई चलायनमान बनाउनको लागी यो साँस्कृतिक मेला एक कोसेढुङ्गा साबित हुन सक्छ भन्दै मेलाको सफलताको अग्रिम शुभकामना ।




Comments

Popular posts from this blog

भारतको बेङ्गलोरमा बझाङ्गी राजा श्री जयपृथ्बी बहादुर सिंह को भब्य महलको कथा

मधवलिया ब्याडमिन्टन क्लबको अध्यक्षमा : केशव सिंह चौधरी सर्वसहमत चयन

दिल्ली दरवारमा श्री ३ चन्द्र शम्शेरको आतिथ्यता