दिल्ली दरवारमा श्री ३ चन्द्र शम्शेरको आतिथ्यता

दिल्ली दरबार जुन आज पनि नेपाली मानसपटलमा बडो महत्वका साथ बुझिन्छ चाहे राजनीति, शासक वा कर्मचारी नै किन नहुन दिल्ली दरवार भने पछी अहिले उथल पुथल वा शासक हुनका लागी एक महत्वपुर्ण कडीको रुपमा रहेको यो दिल्ली दरवार हिन्दुस्तान स्वतन्त्र हुनु भन्दा पहिला पनि थियो तर त्यस दरवारमा अहिलेको जस्तो अवस्था थिएन नेपाल र नेपाली शासकहरु को बडो सान सौकतका साथ आवत जावत र मान सम्मान हुने गर्दथ्यो । आजको मेरो लेखमा तत्कालिन बिट्रिश भारतमा ३ पल्ट दिल्ली दरवार बस्यो सन् १८७७, १९०३ र १९११ मा तिनै पल्ट नेपाल लाई एक अलग देशको हैसियत र सहभागीहरु मध्यमा पनि उच्च सम्मानका साथ आतिथ्यता प्रदान गरियो । 

      दरबार एम्फिथिएटरमा ब्लक ए मा बसेका जापानी राजदूत, नेपालका प्रधानमन्त्री चन्द्रशमशेर जंगबहादुर                      राणा (१८६३–१९२९) र अफगान राजदूतको तस्बिर   PC BY : The Royal Collection Trust

के हो त दिल्ली दरवार

जब हिन्दुस्तान लगायत संसारका धेरै भुभागहरु मा बिट्रिशहरु को शासन चलिरहेको समयमा बिट्रिश राजपरिवारमा नयाँ राजाको राज्यभिषेकको अवसरमा संसार भरी जाँहा जाँहा बेलायति हुकुमतको राज छ त्यस स्थानहरु मा जसरी बेलायतमा राज्यभिषेक गरियो नयाँ राजा गद्दी बस्दछन त्यसरी नै संसार भर यस कार्यको खुशियाली जस्न र प्रचार प्रसार गर्नको साथै यस देशको पनि नयाँ राजा बेलायतको राजा नै हुनेछ भनी औपचालिक गर्नको लागी आफु स्वसासित देशहरु मा यि यस्ता दरवार वा भव्य सभा गरिने रहेछ ।

यस सभामा भ्याय सम्म बेलायति राजा रानी आफै सहभागी हुन्थे यदि केही कारण वस आउन नसकेको अवस्थामा आफ्नो प्रतिनिधि पठाईदिन्थे नत्र जुन देशमा यो कार्यक्रम हुदै छ त्यस देशको आफ्नो बेलायती राजपरिवारको प्रमुख प्रतिनिधि लाई नै सभाको अध्यक्षता ग्रहण गराई राज्यभिषेकको उत्सव मनाई सहभागी अतिथिहरु लाई सो अवसरमा मान सम्मान र पदक दिने चलन हुन्छ । 

को कस्ता सहभागी हुन्छन

दिल्ली दरवारमा हिन्दुस्तानका ५०० अधिक राजा रजौटा, ठुला बडा जमिनदार, तालुकदार, नौकरशाह, जागीरदारहरु का साथै छिमेकी राष्ट्रका प्रमुख वा राजा माहाराजाहरु जस्तै ः नेपाल, बर्मा, जापान, सिक्किम, सिलोन (श्रिलङ्गका), जावा द्धिप, तिब्बत, चिन, अफगानिस्तान, बलुच लगायत त्यस देशका स्वयम राजा रानी वा राजपरिवारको कुनै सदस्य नत्र राजपरिवारको प्रतिनिधि गरी प्राईमिनिष्टर वा राजदुतहरु सहभागी हुने गर्दथे ।

          दरबार एम्फिथिएटरको भित्री तस्बिर,  सन् १९०३ दिल्ली दरबारको समयमा लिइएको थियो
                                                 PC BY : The Royal Collection Trust

नेपालको आतिथ्यता

१८७७ को दिल्ली दरवार

जब सन् १८७७ मा पहिलो पल्ट हिन्दुस्तानमा दिल्ली दरवार बेलायती माहारानी भिक्टोरीयाको राज्यभिषेकको अवसरमा अव हिन्दुस्तानको पनि माहारानी म हु भनेर औपचारिक निर्णय र शासन मेरो अधिनस्त हुनेछ भनी देखाउनको लागी गरिएको थियो । त्यस कार्यक्रममा सहभागी हुनको लागी नेपाल नरेशको तर्फ बाट प्रतिनिधि भएर जङ्ग बहादुर राणाका भाई तत्कालिन कमान्डर इन चिफ रणोद्धिप सिंह राणाको अगुवाईमा नेपालका माहाराजाको प्रतिनिधिको रुपमा पठाईयको थियो ।

                                                               १८७७ को दिल्ली दरवार

                                                    PC BY : The Royal Collection Trust


१९०३ को दिल्ली दरवार

दोस्रो दिल्ली दरवार सन् १९०३ मा बेलायतका नयाँ राजा एडवर्ड सप्तम र रानी एलेक्जेन्ड्रा हिन्दुस्तानको पनि सम्राट हुन भनी औपचारिक घोषणा गर्नको लागी बसालिएको थियो जाहा नेपालको माहाराजाको प्रतिनिधी गरि तत्कालिन प्राईममिनिष्टर श्री ३ चन्द्र शम्शेरको अगुवाईमा समारोहमा आउनु भएको थियो । जाहाँ वहाँ लाई ए ब्लक पट्टी भारतिय रजवाडा संग नराखी स्वतन्त्र मुलुक जो बेलायती राजपरिवार संग राम्रो सम्बन्ध रहेको थियो त्यस देशका प्रतिनिधि संग राखिएको थियो, वहाँको लाईनमा जापानका राजदुत, अफगानिस्तानका बजिरे आलमका दुत संग ए ब्लकमा राम्रै आतिथ्यताका साथ कार्यक्रमका प्रमुख तत्कालिन गर्भनर जनरल र भारतका भाईसराय लर्ड कजन स्वयम वहा भएको स्थानमा आएर वहाँ लाई आसन ग्रहण र बेलायती राजपरिवार बाट प्रदान गरिएको पदबी प्रदान पनि गर्नु भएको थियो ।

                                             दिल्ली दरवारमा रहेको नेपाली राजाको टेन्ट स्थान 

                                                  PC BY : Online Archive of California

१९११ को दिल्ली दरवार

तेस्रो र अन्तिम दिल्ली दरवार जो त्यस समयको संसार कै बृहत समारोहहरु मा पर्ने गर्दथ्यो, जुन बेलायती नयाँ राजा जर्ज पन्चम रानी मैरी भारतको नयाँ सम्राट घोषणा गर्नको लागी स्वयम उपस्थित हुनु भएको थियो । यस कार्यक्रममा करिव १० लाख मानिसहरु उपस्थित भएको अनुमान गरियो किन भने बेलायतिहरु द्धारा शासन गरियको भारतमा पहिलो पल्ट बेलायति राजा रानी भारत आएको यो पहिलो समारोह थियो त्यस कारण राजा रानी लाई हेर्न भेट गर्न भनेर पनि धेरै आएको हुन सक्छ । नेपालका प्रतिनिधि चन्द्र शम्शेर संग लर्ड कर्जनको पहिलै राम्रो चिनजानका कारण राजा रानी संग सजिलै दर्शन भेट भयो र चन्द्र शम्शेरले नेपालको तराईमा शिकारको निमन्त्रणा पनि दिनु भयो सोही अनुरुप सन् १९११ को डिसेम्बर महिनामा चितवन र नवलपरासीको जंगलमा शिकारका लागी आउनु पनि भयो ।

सन् १९११ को दिल्ली दरवारमा सहभागी मध्यका ठुला राज्यका प्रमुखहरु को सामुहिक चित्र जाँहा श्री ३ चन्द्र                                                                  कालो पहिरनमा शिर्ष स्थानमा

                                                 PC Right BY : Vivian Mansell & Co., London

दिल्ली दरवारमा सहभागी भएपछी चन्द्र शम्शेरको निम्तो स्वृकारी तराईको जंगलमा शिकार खेल्न आएका राजा                                          जर्ज पन्चम र अन्य सहभागी हरु साथ श्री ३ चन्द्र   PC BY : विकिपीडिया
      राप्तीको तिरमा बसेको जर्ज पन्चमको शिकारी टेन्ट जाँहा बिहारको पटना बाट बिजुली ल्याईएको थियो ।
                                                                PC BY : विकिपीडिया

                       शिकार गरिएको मृत बाघको साथ तस्विर खिचाउदै राजा जर्ज पन्चम र चन्द्र शम्शेर
                                                                  PC BY : विकिपीडिया



Comments

Popular posts from this blog

भारतको बेङ्गलोरमा बझाङ्गी राजा श्री जयपृथ्बी बहादुर सिंह को भब्य महलको कथा

मधवलिया ब्याडमिन्टन क्लबको अध्यक्षमा : केशव सिंह चौधरी सर्वसहमत चयन