बुटवलका उदाउँदो युवा प्रतिभा युवा इनोभेटर सोहन घिमिरे भन्छन् "देशको लागी आविष्कार गर्नेछु "।

बुटवल, अषाढ २०८१

जब यस पृथ्बीमा शिशुको जन्म हुन्छ त्यस समय देखी नै उक्क्त शिशुमा आफ्नो फरक बिशेषता र गुणहरु हुन्छ र उ हुर्केको परिवार र समाजले उसको प्रतिभा र बिशेषतालाई बुझेर उसको त्यही किसिमको व्यवहार र लालनपालन गरिन्छ भने उक्क्त शिशु आफ्नो प्रतिभा र गुणलाई प्रयोग गरि समाजमा एक प्रतिभावान व्यक्ति कहलिन्छ र समाज, राष्ट्र र समग्र मानवजाति लाई गुल्जार बनाई राख्दछ । यस संसारमा धेरै उदाहरणहरु छन् , प्रतिभावान बालक वा युवा पछि गएर संसार लाई चकित पार्ने आविष्कार तथा खोज गरेका छन् ।

तिलोत्तमा नगरपालिकाका मेयर र उप मेयरका साथमा सोहन घिमिरे र वँहाले बनाउनु भएको हवाईजहाज
    
यस्तै प्रतिभाको भिडमा एक युवा प्रतिभा छन् जो आफ्नो प्रतिभाले बुटवल आसपासका क्षेत्रहरुका प्रतिभाप्रेमी जमातलाई चकित पारीरहेका छन् ति युवा हुन बुटवल उप–माहानगरपालिका वडा नं. ०७, शिवनगर, भगवती टोलका  बर्ष १६ को सोहन घिमिरे । बि.सं. २०६४ साल कात्तिक १३ गते मंगलबारका दिन बुबा सुर्य घिमिरे र आमा ईन्द्रा घिमिरेको दोस्रो सन्तानका रुपमा जन्मिएका सोहनको बाल्यकाल शिवनगर टोलमै बित्यो । सोहन घरका कान्छा सन्तान भएकाले घरमा सबैले सोहनलाई माया गर्ने, पाहुना वा बिदेशबाट आफन्तहरु घरमा आउदाँ खेलौनाहरु ल्याईदिने गर्दा सोहनले बाल्यकालमा सोही उपहारका खेलौनाहरु बाट आफ्नो प्रतिभाको पहिलो खाका तयार पारे । सोहनले प्रारम्भिक शिक्षा घर नजिकैको एभरेष्ट बोडिङ्ग उच्च माध्यमिक बिद्यालयबाट सुरु भै त्यसै बिद्यालयबाट यो बर्षको एस.ई.ई.को परिक्षा दिईएर बसेका छन् ।

                                                          बुवा, आमा र दिदिको साथमा सोहन
                                                               परिवारको साथमा सोहन

सोहनको परिवार पनि बुटवलको अन्य परिवार जस्तै बुटवल बजार गुञ्जार भए पछि बुटवलमा गुल्मी जिल्ला बाट बसाँईसरेर आएका हुन । सोहनका हजुरबुवा भारतिय सेनामा कार्यरत र हजुरआमा बुटवल उ.माहानगरपालिका वडा नं. ०७ को बि.सं. २०५४ साल तिरको जननिर्वाचित वडा सदस्य हुनुन्थ्यो । सोहनको हजुरबुबा बिते पछि बुवाहरु ३ भाई र हजुरामा संगै शिवनगरमा बस्दै आईरहेका छन् । सोहनको ठुलोबुबा हङ्गकङ्गमा बस्दै आईरहनु भएको छ भने, सोहनको बुबा शिवनगरमा मोटरसाईकल ग्यारेज सञ्चालन गरेर बसिरहनु भएको र अंकल अजित घिमिरे व्यापार व्यवसाय गरेर शिवनगरमै बसिरहेका छन् । सोहनको दिदि स्नेहा घिमिरे अध्यनको सिलसिलामा हाल अष्ट्रेलियामा हुनुन्छ भने सोहनको मम्मि एक घृहणीको रुपमा घरमै हुनुन्छ ।

             आफु अध्यनगर्ने बिद्यालयमा सोहनले बनाएको हवाईजहाजको साथमा सम्पुर्ण बिद्यालय परिवार

सोहन सानो छदै घरका बिद्युतिय सामानहरु कसरी चल्छ भन्नेबारे चासो लिने र घरमा रहेका लाईट, रेडियो र खेलौना हरु खोलेर भित्र के छ भनेर हेर्ने त्यस बारे जानकारी लिने गरेका सोहन बिस्तारै बिस्तारै सो को बारेमा गहिरो जानकारीहरु बटुल्न थाले । यस कार्यमा सोहनका बुबाको भरपुर सहयोग थपियो किन भने सोहनका बुबा एक मेकानिक भएकाले सोको बारेमा सामान्य जानकारी सोहनलाई दिनुभयो र यसबारेमा सोहनले पनि चाख लिईयर अध्यन गर्दे जाने निर्णय गरे । सोही अनुरुप सोहनले बिभिन्न बिद्युतिय उपकरणहरु बनाउदै गए । सोहनले बनाएका बिभिन्न बिद्युतिय उपकरण र साम्रागीहरु आफ्नो दैनिक जिवनमा प्रयोगमा पनि ल्याएका छन् । सोहन अध्यन गर्ने बिद्यालयले पनि बर्ष बर्षमा गरिने बिद्यालयको कार्यक्रम तथा पर्दशनीहरु मा सोहनद्धारा निमार्ण गरेका बिद्युतिय यन्त्रहरु पर्दशनी तथा प्रचारप्रसार गरेर सोहनको यस कामको सराहना गरेका छन् । सोहनको यो प्रतिभाको सम्मानमा सोहन अध्यनरत बिद्यालयले सम्मान स्वरुप नगद तथा सम्मानपत्र सहित सम्मान गरेको थियो भने बुटवल उप–माहानगरपालिका, तिलोत्तमा नगरपालिका र बिभिन्न संघसस्थाहरु द्धारा पनि सोहनलाई बेला मौका आफ्नो प्रतिभा र अबिष्कार पर्दशन तथा सम्मान गर्ने बोलाउने गर्दछन् । 

                                      आफुले बनाएको मिनि बिद्युतिय स्कुटरको साथमा सोहन

सोहनका अबिष्कारहरु ः

१. मिनि बिद्युतिय स्कुटर

२. ड्रोन

३. हवाईजहाज

४. स्मार्ट पार्किङ्ग सिस्टम

५. स्मार्ट रुम अटोमेसन

६. रोवर्ट

७. डिफमो चार्जिङ्ग लाईट

८. स्मार्ट सिचाँई सिस्टम

विज्ञान र प्रविधिको क्षेत्रमा हुटहुटी भएका युवालाई राज्यले प्रोत्साहन र सहयोग नगर्दा अधिकांश दक्ष जनशक्ति विदेश भासिएको छ, स्वदेशमै भएका कतिपय अन्य पेसातर्फ मोडिएका छन् । सोहन जस्ता इनोवेटर हरु नेपालका प्रत्येक टोल टोलमा छन् तर तिनीहरु ले उचित सल्लाह र मार्गदर्शन नपाएकाले अन्य क्षेत्रमा बाध्य भएर आवद्ध भएका छन् । यदि राज्य तथा स्थानिय सरकारले सो को बारेमा अध्यन गरि बिद्यालय स्तर बाट छनौट गरि ति प्रतिभाहरु लाई राज्यको बिकासमा लगाउन पाएमा देश समाज बन्न एक महत्व कोशेढुङ्गा साबित हुने थियो । सोहनको परिवार, समाज, बिद्यालय र साथीहरु ले सहयोग गरेको छन् तब न सोहन आफ्नो प्रतिभालाई आफु भित्र लुकाएर वा कुन्ठित पारेर नबसी आफु भित्र रहेको प्रतिभालाई प्रस्फुटन गरेका छन् । सो कार्यमा सहयोग गर्ने सम्पुर्णमा सलाम छ, जसरी सोहनको समाज, परिवार र बिद्यालयले सोहनलाई हरहमेसा सहयोग गरेको छ त्यसरी नै अन्यले पनि आफ्ना वरपरका बिभिन्न क्षेत्रका प्रतिभाहरु लाई आफ्नो तर्फ बाट सहयोग गरिदिए सो प्रतिभा एकदिन आवश्यपनि उदारणीय कार्य हुने छ भन्नेमा बिश्वास छ ।

                                                             आफुले बनाएको ड्रोन

सोहन संग हाम्रा संबाददाताले कुराकानी गर्दाको केही अंश ः

के गर्दे हुनुन्छ यो समयमा ?

"अहिले एस.ई.ई.को परिक्षा दिइएर घर बसिरहेको र रिजल्टको पर्खाईमा छु । यो खालि समयमा आवश्यक कोर्सहरु र नयाँ नयाँ रिसर्ज तथा बाँकी प्रोजेक्टहरु लाई फाईनल टच दिदैछु । "

यो सबै कार्यको प्रेरणा काँहा बाट आयो र यसको श्रेय कस्लाई दिनुहुन्छ ?

" जब म सानो थिय म अरु साथीहरु जस्तो चकचक गर्ने र बाहिर निष्कने नगर्ने स्वभावको थिय, घरमा बसिरहने गर्दा मेरो वरपरको मेरो बिद्युतिय खेलौनाका साधन तथा अरु उपकरणहरु सँग दिनचर्या बित्दै गयो र ति उपकरणहरुको बारेमा जिज्ञासाले ति उपकरणहरु खोलेर हेर्ने अनि फेरी जस्ताको त्यस्तै फिट गर्दिने गर्दा गदै सिक्न थाले अनी यो पछि त्यो उपकरणहरु चलाउन थालियो सो त्यसले गर्दा आज यहाँ सम्म पुगेको छु । अनि मेरो प्रेरणाको मुख्य श्रेय मेरो परिवारलाई नै जान्छ त्यसमा पनि मेरो बुबा जो आफैमा पनि मेकानिक हुनुन्छ , वहा मेशिन सँग खेल्नुहुन्छ वहाँ लाई हेर्दा हेदै पनि मेशिन संग मेरो लगाब हुन पुग्यो । त्यस पछि मेरो मम्मी, दिदि, हजुरआमा, ठुलोडेडी, अंकल, आन्टि र अन्य परिवारका सदस्यहरु, मेरो छिमेकी, आफन्त, मेरो साथीहरु र म अध्यन गर्ने बिद्यालय र मेरा शिक्षक तथा शिक्षिकाहरु सबै मेरो प्रेरणाका स्रोतहरु हुन वहाँ हरुको माया, भरोसा, आर्शिवादले गर्दा आज यो मुकाम सम्म पुगेको छु । सबैलाई धन्यवाद दिन्छु । "

कत्तिको सजिलो छ यो कार्य गर्न ?

" कुनै पनि कार्य आफैमा सजिलो हुदैन त्यसमा पनि बिद्युतिय अबिष्कार आफैमा पनि भाष्ट बिषय हो । तर पनि मनमा अठोट लिईएर काम गरे पछि अवश्य सफल भैदोरहेछ ।  "

सामान तथा नगद व्यवस्थापन कसरी गर्नुहुन्छ ?

अहिले सम्म मेरो परिवारको सहयोगमा नै यि सबै सरजमहरु जुटाएको छु । मेरो दिदिले अष्ट्रेलियाबाट केही सर–सामानहरु पठाईदिनुहुन्छ, अरु चाहिने सामानहरु डेडीको ग्यारेजबाट भैहाल्छ बाकी जोगाड गरिहाल्छु साथीहरु ले मिलाईदिन्छन् अनि घरका पुराना बिग्रेको बिद्युतिय उपकरणहरु बाट काम लाग्ने सामानहरु झिक्छु यसरी चलिरहेको छ हेरुम के हुन्छ आगामी दिनहरु मा । मेरो बिद्यालयबाट र अरु बिभिन्न संघ सस्थाहरु बाट बेलामौकामा सम्मानपत्र तथा केही नगद सम्मान स्वरुप दिनुहुन्छ बाकी घरपरिवार बाटै म्यानेज गरिरहेको छु ।

राज्यबाट के चाहनुभएको छ ?

राज्यबाट नै आशा छ नत्र कुनै पनि चिज अबिष्कार गर्न सानो पुँजीले पुग्दैन यसको लागी ठुलो पुँजी र लगानी चाहिन्छ त्यो काम राज्यले नै गर्न सक्छ नत्र म र म जस्ता युवाहरु पलायन हुन्छन् र भैरहेका पनि छन् । हाम्रो बुटवल उप–माहानगरपालिका, लुम्बिनी प्र्रदेश सरकारलाई भन्न चाहन्छु कि हामी जस्ता केही गर्छु भन्ने हुटहुटी भएकालाई हजुरहरुको सानो सहयोगले पनि हामीहरु ले राज्यलाई ठुलो अविष्कार दिन सक्छौ सहयोग गर्नुहोस् भन्नेमा हामी युवाहरु को माग छ । साथै नेपाल भित्र हुने युवा बैज्ञानिक सम्मेलनहरुमा सहभागी गराउनु भयो भने हाम्रो बुटवल तथा लुम्बिनी प्रदेशको गरिमालाई उँचो बनाई राख्नमा एउटा कोशेढुङ्गा हुने थियो ।

नुवाकोटबाट आफुले बनाएको ड्रोनमा नेपाली झन्डा फरफराउदै सोहन

नवनिर्मित गौतम बुद्ध अन्तराष्ट्रिय एयरपोर्टको उद्धघाटन समारोहमा आफुले बनाएको ड्रोनमा नेपाली झन्डा फरफराउदै सोहन



                                                                   मिनि बिद्युतिय स्कुटर




                         नुवाकोटबाट आफुले बनाएको ड्रोनमा नेपाली झन्डा फरफराउदै सोहन





                                                                  मिनि बिद्युतिय स्कुटर






Comments

Popular posts from this blog

भारतको बेङ्गलोरमा बझाङ्गी राजा श्री जयपृथ्बी बहादुर सिंह को भब्य महलको कथा

मधवलिया ब्याडमिन्टन क्लबको अध्यक्षमा : केशव सिंह चौधरी सर्वसहमत चयन

दिल्ली दरवारमा श्री ३ चन्द्र शम्शेरको आतिथ्यता