मधवलिया ब्याडमिन्टन क्लबको अध्यक्षमा : केशव सिंह चौधरी सर्वसहमत चयन

 तिलोत्तमा, २०८१ मंसिर 

“स्वास्थ नै धन हो”  यही नारा लाई आत्मसाथ गरि बि.सं. २०६८ साल ताका साबिक मधवलिया गा.बि.स. वडा नं. ८ बिहुली गाँउमा रहेको लक्ष्मी बनस्पती घ्यु उद्योगको निजी कोर्ट बाट अनौपचारिक रुपमा केही साहसी, पौरखी र जिम्मेवार युवाहरु को समुह बाट सुरुवात गरिएको यो क्लब त्यसको केही वर्ष भित्र बि.स. २०७० साल तिर औपचारिक रुपमा श्री अरुण कुमार शाहीको नेतृत्वमा मधवलिया ब्याडमिन्टन क्लब नाम राखी सोही नामको सस्था दर्ता गरी अनवरत रुपमा बिधि सम्बत तरिकाले सो सस्था द्धारा बिधान सम्बत कार्य तथा जिम्मेवारीहरु प्ुारा गरीरहेको छ । हिजोको दिनहरुमा अर्काको निजी जमिनमा खुला आकाश तल जमिनमा खेलेको र आज आएर सुबिधा सम्पन्न आफ्नै कर्बडहल भित्र खेल्न पाउने व्यवस्था निर्माण भएको छ, यो अवस्थामा आईपुग्न संस्थापक पदाधिकारीहरु, सदस्यहरु, स्थानिय युवा र सहयोग गर्ने बिभिन्न संघ सस्थाहरु लाई क्लबका बर्तमान अध्यक्ष केशव सिंह चौधरी द्धारा तेस्रो बार्षिक साधरणसभा तथा अधिबेशनको अवसरमा साधुबाद प्रकट गर्नुभएको थियो ।


नयाँ चयन पदाधिकारी तथा सदस्यहरु

आज मिति २०८१ साल मङ्गसिर २२ गते शनिवार तिलोत्तमा न.पा. वडा नं. १६ जुडाँमा रहेको आफ्नै क्लबको कबर्डहलमा तेस्रो बार्षिक साधरणसभा तथा अधिबेशन सम्पन्न भएको छ । क्लबका अध्यक्ष केशव सिंह चौधरीको अध्यक्षता, माउन्ट एभरेष्ट कथ्था मिल्स् प्रा.ली.का सञ्चालक बसन्त रोक्का क्षेत्रीको प्रमुख आतिथ्यता, लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराज मल्ल लगायत अन्य समाजसेवी युवाहरु को आतिथ्यतामा क्लबको तेस्रो बार्षिक साधरणसभा र अबिधेशन सम्पन्न भएको थियो । सो कार्यक्रममा क्लबका अध्यक्ष द्धारा उपस्थित सम्पुर्ण सदस्य तथा सहयोगी हातहरु लाई स्वागत तथा धन्यबाद मनतव्य व्यक्त गर्नुभएको थियो, साथै कार्यक्रमका प्रमुख अतिथि तथा क्लबका संरक्षक बसन्त रोक्का क्षेत्रीले यो समाजमा रुपन्तरण गर्न स्वस्थ युवाहरु को समुह आवश्यक छ र ति युवाहरु लाई स्वस्थ र जिम्मेवार गराउनमा यस्ता क्लबहरुको ठुलो भुमिका रहने भनेर बताउनु भएको थियो । क्लबको कार्य प्रतिबेदन क्लबका अध्यक्ष, आर्थीक प्रतिबेदन क्लबका कोषाध्यक्ष द्धारा सभामा पेश गरी सो उपर छलफल भई सर्वसहमत द्धारा सभाबाट पारित भएको थियो । सो कार्यक्रममा क्लबले आफ्नो सस्थापक कार्यसमिति पदाधिकारी तथा सदस्यहरु लाई कार्यक्रमका प्रमुख अतिथि द्धारा बिषेश सम्मान पनि गरेको थियो, र साधरणसभाका अतिथिहरु द्धारा क्लबको कार्य र प्रगति प्रति प्रशन्सा गरेका थिय र क्लबका अध्यक्ष द्धारा खुला सत्र समापन गर्नुभएको थियो, उक्क्त कार्यक्रमको सञ्चालन क्लबका सचिव बिष्णु थापाले गर्नुभएको थियो । 

अधिबक्क्ता दिलिम मल्लिकको अध्यक्षतामा गठित निर्वाचन मण्डलले क्लबको निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो जस प्रकार मधवलिया व्याडमिन्टन क्लबको आगामी कार्यकालका लागी तपशिल बमोजिका ११ सदस्यीय पदाधिकारी सर्वसहमत द्धारा चयन भएको थियो ।

अध्यक्ष  : केशव सिंह  चौधरी 

उपाध्यक्ष :  होम कुमार  गुरुङ 

सचीव : बिष्णु  थापा

सह सचीव : राम थापा

काेषाधयक्ष : अर्जुन सेन ठकुरी 

सदस्य :

सन्जय नेपाल 

लेख बहादुर गुरुङ 

दिल्ली राज  राना

सुन्दर  गुरुङ 

इन्द्र  थापा

भुप  राज अर्याल

                                                                 सस्थापक सदस्य सम्मान





Comments

Popular posts from this blog

भारतको बेङ्गलोरमा बझाङ्गी राजा श्री जयपृथ्बी बहादुर सिंह को भब्य महलको कथा

दिल्ली दरवारमा श्री ३ चन्द्र शम्शेरको आतिथ्यता