बुटवलमा प्रथम मेयर कप राष्ट्रीय साईकल दौड प्रतियोगिता सम्पन्न

 बुटवल, रुपन्देही २०८१ मंसिर

संसारका बिभिन्न मुलुकहरुमा पहिलै देखी साहसिक खेलकुदहरु खेल्ने र प्रतियोगिता आयोजना हुने गरेको परिवेसमा अहिले केही वर्ष देखी नेपालमा पनि यस्ता साहसिक खेलहरु खेल्ने र ति खेलहरु को राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरु पनि नेपालमा आयोजना हुने गरेको छ । नेपालीहरु माझ आफ्नो मौलिक तथा परम्परागत खेलहरु लोप तथा अरुची भैरहेको परिवेसमा समय सापेक्ष खेलकुदहरु नेपाल तथा नेपाली समाजमा बिगतका केही दशकहरु बाट अभिन्न अंग बनेको पाईयको छ । नेपाल र नेपालीहरु को परम्परागत तथा घरेलु खेलकुदहरु लाई केन्द्र सरकार तथा स्थानिय सरकार मिलेर प्रचार–प्रसार, संरक्षण तथा प्रर्बधन गर्नु पर्ने देखीन्छ र त्यसको साथसाथै यस्ता साहसिक खेलहरु लाई प्रोत्साहन गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचानको साथै आन्तरीक र बाह्य पर्यटन भित्राउनमा कोशेढुङ्गगा साबित हुने पनि देखिन्छ ।

                                                  मेन जुनियरका बिजेता निमा शेर्पा

करिब आज भन्दा २०८ बर्ष अगाडी नेपाल र ग्रेड ब्रिटेन बिच युद्ध चलेको अवस्थामा नेपाली फौज देशको बिभिन्न क्षेत्रमा हारेको बेला यही बुटवलको जितगढी किल्लामा भएको युद्धमा नेपाली फौजले आफ्नो साहस , पराक्रम र सुझबुझले ब्रिटिस सेनालाई पराजित गरेको ईतिहास रहेको त्यही बटौली पछि खसौली हुदै बुटवलमा रुपान्तरण भैसकेको भएता पनि यहाँको माटो अजै पनि त्यही जोस छ है भन्नको लागी बुटवलको माटोमा साहसिक साईकल दौड प्रतियोगिता गराउन सफल भएको बुटवलका स्थानिय युवाहरु र रुपन्देही जिल्ला साईकिलिङ्ग संघ ।

रुपन्देही जिल्ला साईकिलिङ्ग संघले प्रथम मेयर कप राष्ट्रिय साईकल दौड प्रतियोगिता मंसिर २९, शनिवारको दिन पारेर बुटवल उपमाहानगरपालिका वडा नं. ७ मा अवस्थित शिवनगर सामुदायिक बन भित्रको ससानो डाँडा, खोला र रुखहरुको बिच केही महिनाको अथक प्रयास पछि बनाईयको बुचि ट्र««याकमा देशै भरीका राष्ट्रि««य तथा स्थानिय खेलाडिहरु द्धारा भव्यताका साथ सम्पन्न गरेको छ । बुटवलमा पहिलो पल्ट भएको यस्तो प्रकारको साहसिक साईकल खेलमा राष्ट्रिय, बिभागिय, जिल्ला, बिद्यालय र स्थानिय स्तर बाट ६१ जना खेलाडीहरु सहभागी भयको यो प्रतियोगितामा ५ बिधा रहेको थियो जस अन्र्तरगत मेन ईलिड, फिमेल इलिड, मेन मास्टर, जुनियर र रुपन्देही स्कुल लेवल रहेका थियो । शिवनगर सामुदायिक बन भित्र रहेको चर्चित चिया बगानको नजिकै बाट सुरु हुने साईकल रेस करिब ३.६ कि.मी. को बिभिन्न चरणको दुरी रहेको सो ट्रयाकमा बिधा अनुशारको ल्याप्स राखियको थियो । 

             क्रमश : स्कुल लेभल बिजेता निरज चौधरी, मेन मास्टर बिजेता हर्क लामा र मेन जुनियरका बिजेता निमा शेर्पा

प्रथम मेयर कप राष्ट्रिय साईकल दौड प्रतियोगिता आयोजक रुपन्देही जिल्ला साईकिलिङ्ग संघले मंसिर २८ गते सहभागी सम्पुर्ण खेलाडीहरु लाई एक दिने परिचय, अन्तरक्रिय र शिवनगर सामुदायिक बनको प्रतियोगिता हुने रेस प्वाईन्ट बाट बुटवलको जितगढी किल्ला, पुरानो बटौली बजार, उपमाहानगरपालिकाको कार्यालय हुदै अम्रपालि होटेलमा प्रतियोगिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि समापन गरेको थियो । मंसिर २९ गते शनिबारको दिन बुटवल उपमाहानगरपालिका वडा नं. ७ मा रहेको शिवनगर सामुदायिक बनमा स्थानिय जनसमुदाय, राष्ट्रिय तथा देशै भरीका खेलाडीहरु, साईकल खेल प्रेमी, समर्थक, अबिभावक, आयोजक र बिभिन्न साईकल क्लब समुहहरु को उपस्थितीमा रुपन्देही जिल्ला साईकिलिङ्ग संघका अध्यक्ष तथा प्रतियोगिताका परिकल्पनाकार पुकार थापाको अध्यक्षता, बुटवल उप माहानगरपालिकाका मेयर खिलराज पाण्डेको प्रमुख आतिथ्यता र बिभिन्न संघ सस्था तथा सहयोगी दाताहरु को आतिथ्यता सम्पन्न औपचारिक कार्यक्रममा यस प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण हातहरु लाई सम्मान तथा धन्यवाद प्रदान गरियको थियो भने उपस्थित सम्पुर्ण खेलाडीहरु लाई पनि खादा अबिरले स्थानिय जनसमुदायहरु द्धारा सम्मान गरियको थियो । कार्यक्रममा प्रमखु अतिथी बुटवल उप माहानगरपालिकाका मेयर खिलराज पाण्डे द्धारा रेस सुरु प्वाईन्टमा रिबन काटेर उद्धघाटन गर्नु भएको थियो ।

                      पुकार थापा, अध्यक्ष रुपन्देही जिल्ला साईकिलिङ्ग संघ तथा सञ्चालक बुटवल बाईक स्टेसन

 “यस प्रतियोगितामा म केही दिन घर र मेरो पसलमा भन्दा पनि जंगलको बास थियो किन भने यो ईभेन्ट आयोजन गर्ने मेरो उदेश्य बनेको थियो, म देशै भरी बिभिन्न साईकल प्रतियोगितामा सहभागी हुदाँ के बुटवलमा पनि हुन सक्दैन र यि र यस्ता प्रतियोगिताहरु भनेर लागेको थिय आज त्यो सपना पुरा भएको छ । खुशि छु आज मेरो र मेरा सहयोगी साथी भाई दाई हरु ले देखेको सपना पुरा हुँदा । यो ईभेन्टलाई मुर्त रुप दिन अहोरात्र खटिनु भएका सबै लाई मनै देखी सलाम, आर्थिक तथा जिन्सी सहयोग गर्ने लाई मुरी मुरी धन्यवाद, नेपाली सेना, गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई कृतज्ञता व्यक्त गर्दछु ग्राउण्ड मेडीकल तथा एम्बुलेन्स सर्पोट गर्नु भएकोमा, मेरो मार्सल र स्वयमसेवक ग्रुपलाई पनि मनै देखी धन्यवाद, सम्पुर्ण खेलाडीहरु लाई पनि निमन्त्रणामा सहभागी जनाएकोमा धन्यवाद, हाम्रो संरक्षक बुटवल उप माहानगरपालिकाकाको कार्यालयलाई पनि धन्यवाद भन्दै एकमुष्ट सबै सहयोगी हातहरु लाई धन्यवाद र बाँकी दोस्रो मेयर कपमा”   पुकार थापा, अध्यक्ष रुपन्देही जिल्ला साईकिलिङ्ग संघ तथा सञ्चालक बुटवल बाईक स्टेसन



                                                                   सम्पुर्ण खेलाडीहरु


                                              सामुदायिक बनको प्रतियोगिता हुने रेस प्वाईन्ट



                                                                             बिजेता

क्रमश स्कुल लेभल बिजेता

                                              महिला ईलिड बिधा उप बिजेता लक्ष्मी मगर

                                                  महिला ईलिड बिधा बिजेता उषा खनाल

                                                   मेन जुनियरका उप बिजेता दृश्य राज पन्थी





                                 बुटवल उप माहानगरपालिकाका मेयर खिलराज पाण्डे











Comments

Popular posts from this blog

भारतको बेङ्गलोरमा बझाङ्गी राजा श्री जयपृथ्बी बहादुर सिंह को भब्य महलको कथा

मधवलिया ब्याडमिन्टन क्लबको अध्यक्षमा : केशव सिंह चौधरी सर्वसहमत चयन

दिल्ली दरवारमा श्री ३ चन्द्र शम्शेरको आतिथ्यता