मधवलिया व्याडमिन्टन क्लबको दोश्रो साधारणसभा तथा कवर्ड हल उदघाटन कार्यक्रम सम्पन
तिलोत्तमा नगरपालिका १६, बिहुली रुपन्देही,
तिलोत्तमा नगरपालिका १६ बिहुलीमा अवस्थित मधवलिया व्यटमिन्टन क्लवको दोस्रो साधरण सभा तथा नवनिर्मीत कबर्ड हलको उद्घाटन कार्यक्रम आज क्लवका संस्थापक उपाध्यक्ष तथा बर्तमान अध्यक्ष श्री केशव सिंह चौधरी को अध्यक्षता, सस्थाका कोषाध्यक्ष झपट के.सी.को स्वागत र क्लवका सचिव बिष्णु थापाको सञ्चालनमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. १ का निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्व कृर्षी मन्त्री मा. छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यता, पञ्चकन्या समुहका उपाध्यक्ष उद्योगी धुर्व कुमार क्षेष्ठको बिशिष्ट आतिथ्यता र अतिथिहरुमा लुम्बिनी प्रदेश खेलकुद बिकास समिति सदस्य उमा अधिकारी, जिल्ला खेलकुद बिकास समिति सदस्य हेमा बराल, तिलोत्तमा नगर खेलकुद समिति संयोजक राजेन्द्र गुरुङ्ग, लिस्नु क्लवका अध्यक्ष तिर्थ मल्ल (तारा), वडा नं. १६ का निर्वाचित सदस्य रिखीराम वस्याल लगायत अतिथिहरु, क्लवका संस्थापक सदस्य तथा कार्यसमिति, आजिवन सदस्य, खेलाडी, स्थानिय समाजसेवी, उद्योगी, खेलप्रेमी तथा सुवेच्छकहरुको गरिमामय उपस्थितीमा एक कार्यक्रम बिच सम्पन्न भएको छ ।
सो कार्यक्रममा क्लवका संस्थापक सदस्य तथा वर्तमान कोषाध्क्ष झपट के.सी. द्धारा स्वागत मन्तव्य व्यक्त साथै कार्यक्रमका अतिथि खेलकुद बिकास समिति सदस्य हेमा बराल द्धारा यस क्लवले जुन आफ्नो सानो यात्रामा सोचे भन्दा ठुलो कार्य गरेको छ यो आफैमा सराहनीय सस्थाको रुपमा यस क्षेत्रमा उदाएको खुशी सहित सस्था प्रति शुभकामना दिनु भएको छ ।
त्यस्तै गरि अर्का अतिथि लुम्बिनी प्रदेश खेलकुद बिकास समिति सदस्य उमा अधिकारी द्धारा यस क्लवले स्थानिय स्तरमा रहेर पनि राष्ट्रिय स्तरको कार्य गरेकोमा सम्पुर्ण टिम लाई धन्यवाद सहित क्लवमा महिला खेलाडीको न्युन सहभागीता रहेकाले महिला खेलाडीको उपस्थितीमा जोड दिन क्लव परिवारलाई अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा बिशिष्ठ अतिथि पञ्चकन्या समुहका उपाध्यक्ष उद्योगी धुर्व कुमार क्षेष्ठ ज्यु द्धारा पनि क्लवलाई शुभकामनाको साथै यति बृहत कार्य प्रति धन्यवाद दिदै आगामी दिनहरुमा क्लवलाई आश्यक सहयोगको बाचा सहित केन्द्रमा क्लवको र केन्द्रको समन्वयनमा आफ्नो व्यक्तिगत तथा सस्थागत तवरमा लाग्ने बचनबद्धता व्यक्तको साथै समय अनुशार खेलमा नयापनको लागी आवश्यक प्रबिधि तथा सरसमानहरुको सहयोग तथा उपलव्धताको बारेमा सस्थालाई पुर्ण सहयोग दिने बाचा गर्नु भएको थियो ।
त्यस्तै गरि कार्यक्रमका केन्द्रबिन्दु तथा क्लवको नयाँ कबर्ड हल निर्माण महत्वपुर्ण भुमिका निर्वाहकर्ता एवम पन्देही जिल्ला निर्वाचन क्षेत्र नं. १ का निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्व कृर्षी मन्त्री मा. छबिलाल बिश्वकर्मा ज्यु द्धारा खेलकुद समुहमा खेल्ने भएकाले यो कार्य ले एक समुह निर्माण गर्ने र उक्क्त समुहलाई सहि दिशा निर्देश दिने हो भने सकारात्म तथा राम्रा सामाजिक कार्य सम्पन्न गर्न सकिने भएकाले खेलकुदमा राज्यको भौतिक, आर्थिक तथा नितिगत लगानी जारी रहने र यसका लागी मेरो तर्फ बाट लागी रहने जानकारी दिनु भएको छ, यो मेरो निर्वाचन क्षेत्र रहेकाले यस क्षेत्रमा रहेका हरेक आवश्यकतामा मेरो प्रयास अवश्य रहने छ र सो प्रयासको लागी कुनै पनि कसर बाँकी नराख्ने भनी क्लवका सम्पुर्ण टिमलाई हजुरहरु लाग्नुस यस कवर्ड हल लाई राष्ट्रिय स्तरको बनाउनमा मेरो हो मा हैसै छ भनी बचन बद्धता जाहेर गर्नु भएको छ, साथै खेलकुदको महत्वको बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय उदाहरण पनि दिनुभएको थियो र अन्तिममा क्लवले खेलकुदको विकासका लागी यस क्षेत्रमा स्थानिय प्रतिभा लाई उजागर गर्नका लागी बिभिन्न प्रतियोगिता आयोजना गर्ने तथा यस क्लवले नयाँ खेलाडी उत्पादन गर्ने तथा व्याटमिन्टन खेलाडी उत्पादन गर्ने र सिकाईको लागी एकेडमी पनि सञ्चालन तिर ध्यान दिन अनुरोध गर्नु भएको छ ।
कार्यक्रमा क्लवका कार्यकारी सदस्य राम थापा द्धारा संस्थाको स्थापना काल देखी गरेका कार्यहरुको कलात्मक तरिका बाट प्रोजेक्टर मार्फत गरिएको प्रस्तुति करणलाई सस्थाका अध्यक्ष द्धारा जानकारी दिइएको थियो ।
कार्यक्रमको अन्तिममा बिभिन्न खेलाडी, समाजसेवी, दाता हरु लाई सम्मान साथै सस्थाका अध्यक्ष द्धारा प्रमुख अतिथिलाई सस्थाको तर्फ बाट मायाको चिनो दिई बिदाई गरी खुला सत्रको कार्यक्रम समापन गरिएको थियो भने बन्द सत्रको छलफल, प्रतिबेदन तथा लेखापरिक्षण दोस्रो दिन गरिने भनी क्लवका संस्थापक सदस्य तथा वर्तमान कार्यकारी सदस्य सन्जय नेपालले जानकारी दिनु भएको थियो ।























Comments
Post a Comment