तिलोत्तमाको बिहुलीमा नयाँ बर्षका लागी बिहुली म्युजिकल नाईट हुदै

 तिलोत्तमा, रुपन्दही

नेपालीहरु को नयाँ वर्ष २०७९ का लागी तिलोत्तमा नगरपालिका १६ बिहुलीमा रहेको बुद्ध स्मृती क्लव द्धारा आयोजना हुन गैरहेको “बिहुली म्युजिकल नाईट”  यही आउदै गरेको चैत्र ३० गते तिलोत्तमा न.पा. १६ बिहुलीमा रहेको घ्यु फ्याक्ट्रीको खाली मैदानमा साँझ बाट सुरु हुने क्लवका सदस्य तथा कार्यक्रम संयोजक प्रबिन खड्काले जानकारी दिनु भयो । 





बिगत २ वर्ष बाट कोभिडको समस्याबाट संसार त्राहिमान भइरहेकाले सुरक्षा तथा सावधानीका कारण कोही कसैले पनि मनोरञ्जन तथा अन्य आधारभुत बाहेकका क्रिर्याकलापहरु गर्न सक्ने अवस्था नरहेकाले पनि धेरै समय बाट यस्ता युवा केन्द्रीत कार्यक्रमहरु यस क्षेत्रमा नभएकाले यस पाली स्थानिय युवा माझ आधुनिक संगितको तालमा यो नयाँ वर्षलाई सम्झने लायक बनाई दिने भनेर आयोजक क्लव द्धारा बिहुली म्युजिकल नाईटस्  – २०७९ आयोजना गरेर क्लव तथा आफ्नो टोलको स्थानिय पर्यटन प्रवर्धन गरम भनेर बुद्ध स्मृती क्लवका सम्पुर्ण सदस्यहरु मिली कार्यक्रम के कसरी गर्ने भनेर गृहकार्य गरिरहेका छन् ।

बिहुली म्युजिकल नाईटस् मा स्थानिय कलाकार र ब्यान्डको लाईभ प्रस्तुती रहने छ । कार्यक्रममा रुपन्देहीका सोलो प्रफमर अर्जुन थापाको प्रस्तुती, र्यापर बिकास डि.सी.डब्लुको  रर्याप गित रहने छ साथै रुपन्देहीका स्थानिय २ ब्याडहरु को सामुहिक प्रस्तुति रहने छ जसमा पावर मोड र मोक्क्ष – द लिब्रेटेड सोल ब्यान्डको बेजोड प्रस्तुतीका साथै कार्यक्रमलाई संगीत र लाईटको मिश्रणमा मन्त्रमुघ्ध पार्नको लागी आयोजक द्धारा डि.जे. सोलको पनि प्रोफमेन्स रहेको र कार्यक्रमको बिच बिचमा क्लव तथा स्थानीय डान्सरहरु को बेजोड प्रस्तुती रहने भनेर संयोजक खड्का द्धारा जानकारी दिनु भएको छ । आयोजकले नयाँ वर्षमा सम्पुर्ण नेपालीका लागी नेपाली पन सहीतको म्युजिकल नाईटस् आयोजना स्थानिय व्यापारी, उद्योग तथा क्लवलाई माया गर्ने सँग आर्थीक संकलन गरी कार्यक्रम गरेकाले सो कार्यक्रममा ईन्ट्री फि नरहने बताईएको छ, बुद्ध स्मृती क्लवले नयाँ वर्षमा सम्पुर्णमा नयाँ वर्ष उपहार स्वरुप क्लवलाई माया गर्ने स्थानिय सरोकारवाला सवैलाई क्लवको तर्फ बाट संगित सबै लाई भनेर दिईएको उपहार हो त्यसै ले सवै जना आईदिनु होला भनी आयोजकले सवैमा हार्दीक निमन्त्रणा पनि यसै न्युज माध्यम बाट गरेको छ ।



Comments

Popular posts from this blog

भारतको बेङ्गलोरमा बझाङ्गी राजा श्री जयपृथ्बी बहादुर सिंह को भब्य महलको कथा

मधवलिया ब्याडमिन्टन क्लबको अध्यक्षमा : केशव सिंह चौधरी सर्वसहमत चयन

दिल्ली दरवारमा श्री ३ चन्द्र शम्शेरको आतिथ्यता