सिटिजन्स बैक कोटीहवा शाखा द्धारा महिलाहरु लाई वित्तीय साक्षरता प्रदान
अश्विन २६, तिलोत्तमा, रुपन्देही
सिटिजन्स् बैक ईन्टरनेशनल लि. कोटीहवा शाखा द्धारा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तरगत आज तिलोत्तमा नगरपालिका वडा नं. १५ र १६ का अगुवा महिला दिदि बहीनी हरु लाई बित्तिय साक्षरता प्रदान गरेको छ । तिलोत्तमा नगरपालिका वडा नं. १५ मा रहेको सि.एल.सी. मधवलिया नामक सस्थामा आवद्ध वडा नं. १५ र १६ का ३५ जना अगुवा महिला दिदि बहीनीहरु लाई सि.एल.सी मधवलियाको सभा हलमा एक कार्यक्रम बिच बित्तिय साक्षरता प्रदान गरेको थियो ।
सिद्धार्थ राजमार्ग बेलहिया – बुटवल सडक अन्र्तरगत तिलोत्तमा नगरपालिका वडा नं. १५ को कोटिहवा चोकमा रहेको सिटिजन्स् बैक ईन्टरनेशन लि.को शाखा कार्यलय यस क्षेत्रको पुरानो शाखा मध्यको एक हो । बि.सं. २०६७ सालमा साबिक तिनाउ बिकाश बैक बाट स्थापना भएको यस शाखा हाल आएर सिटिजन्स् बैक ई. लि. संग उक्क्त सस्था गाभिएकाले सिटिजन्स् बैक मार्फत सेवा प्रदान गर्दे आईरहेको कोटिहवा शाखा बिगत १३ बर्ष देखी यस क्षेत्रमा बित्तिय सेवाको साथै बिभिन्न संघ सस्था, बिद्यालय हरुमा समय समयमा सामाजिक उत्तरदायित्व अन्र्तरगत बिभिन्न कार्य हरु गर्दे आईरहेको छ ।
आज सम्पन्न बित्तिय साक्षरता कार्यक्रममा शाखा प्रबन्धक सुर्दशन थैव द्धारा बित्तिय क्षेत्रको चुनौति, फाईदा तथा नोक्सानको बारेका प्रकास पार्नु भएको थियो, साथै सिटिजन्स् बैकको बारेमा जानकारी दिदै स्थानिय तथा घरेलु महिला दिदि बहीनी हरु लाई आवश्यक बैक तथा बित्तिय क्षेत्रमा कसरी आफ्नो पहुच र फाईदाजनक उपभोग कसरी गर्ने बारेमा जानकारी गनुभएको थियो ।
साथै बैकका कर्मचारी रबि कार्की द्धारा समग्र बैकका प्रकार, नेपालमा बैककिङ्ग ईतिहास, बचतका प्रकार तथा चेक, भौचर कसरी भर्ने जानकारी र बैकको बिभिन्न सेवा तथा ऋणको बारेमा सामान्य जानकारीको साथै दैनिक जिवनमा प्रयोग हुने बैकका कार्यहरुको बारेमा आलगाएत बिषयमा जानकारी प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको अन्तिममा सि.एल.सी. मधवलियाको अध्यक्ष श्री कुम कुमारी गुरुङ्ग ले यसरी बैकहरु स्थानिय स्तरमा आएर घर आगनमै यसरी बित्तिय साक्षरता प्रदान गरेको सम्पुर्ण उपस्थित तथा सस्थाको तर्फ बाट धन्यबाद साथै उपस्थित महिला दिदि बहीनी हरु लाई जसरी भान्साकोठा र परिवार चलाउने बारे सबै जानकारी हुन्छ त्यसरी बैक तथा बित्तिय क्षेत्रको बारेमा पनि जानकारी लिनुभयो भने राम्रो जिबीकोपार्जन गर्न सहज हुन्छ भनेर भन्नुभएको थियो । साथै सि.एल.सी.मधवलियाकी सामाजिक परिचालिका श्री तारा गुरुङ्गले सिटिजन्स् बैक कोटिहवा शाखा परिवार लाई धन्यवाद दिदै आगामी दिनहरुमा यि यस्ता सचेतनामुलक कार्यक्रमहरु फेरीपनि ल्याउन अनुरोध गर्दे कार्यक्रम लाई समापन गर्नु भएको थियो ।
बिगत दुई दशक देखी बाट सि.एल.सी. मधवलिया ले यस क्षेत्रमा बिभिन्न सामाजिक कार्यहरु गर्दे आईरहेको र तिलोत्तमा नगरपालिका संग सहकार्यमा महिला दिदि बहीनी हरुको लागी कार्यहरु गरिरहेको सामाजिक परिचालिका श्री तारा गुरुङ्गले हाम्रा संवाददाता लाई जानकारी दिनुभएको थियो ।





Comments
Post a Comment