बुटवलमा प्रथम मेयर कप राष्ट्रीय साईकल दौड प्रतियोगिता सम्पन्न
बुटवल, रुपन्देही २०८१ मंसिर संसारका बिभिन्न मुलुकहरुमा पहिलै देखी साहसिक खेलकुदहरु खेल्ने र प्रतियोगिता आयोजना हुने गरेको परिवेसमा अहिले केही वर्ष देखी नेपालमा पनि यस्ता साहसिक खेलहरु खेल्ने र ति खेलहरु को राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरु पनि नेपालमा आयोजना हुने गरेको छ । नेपालीहरु माझ आफ्नो मौलिक तथा परम्परागत खेलहरु लोप तथा अरुची भैरहेको परिवेसमा समय सापेक्ष खेलकुदहरु नेपाल तथा नेपाली समाजमा बिगतका केही दशकहरु बाट अभिन्न अंग बनेको पाईयको छ । नेपाल र नेपालीहरु को परम्परागत तथा घरेलु खेलकुदहरु लाई केन्द्र सरकार तथा स्थानिय सरकार मिलेर प्रचार–प्रसार, संरक्षण तथा प्रर्बधन गर्नु पर्ने देखीन्छ र त्यसको साथसाथै यस्ता साहसिक खेलहरु लाई प्रोत्साहन गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचानको साथै आन्तरीक र बाह्य पर्यटन भित्राउनमा कोशेढुङ्गगा साबित हुने पनि देखिन्छ । मेन जुनियरका बिजेता निमा शेर्पा करिब आज भन्...