Posts

Showing posts from 2020

तिलोत्तमा नगरपालिकाको १६ बिहुली गाउमा सामूहिक आलु खेती सुरु

Image
तिलोत्तमा १६ बिहुली, रुपन्देही,  रुपन्देहीको तिलोत्तमा नगरपालिकाको १६ बिहुली गाउमा यो वर्षबाट ५ बिगाहा क्षेत्रफलमा आलुको सामूहिक खेती सुरु गरिएको छ । कोरोना महामारीमा स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्दै आलुको उत्पादन बढाउन नगरपालिकाले किसानलाई व्यवसायिक आलु खेती तर्फ अग्रसर गराएकोमा तिलोत्तमा १६ बिहुली लगायत तिलोत्तमा नगरपालिका भरिनै करीब ६० बिगाहा क्षेत्रफलमा आलुको सामूहिक खेती सुरु गरिएको छ । किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्याउन तिलोत्तमा नगरपालिका र यु.एन.डि.पी.को सहयोगमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय स. सं. लिमिटेडले आलुको बिज वृद्धि परियोजना सञ्चालन गरेको छ, निर्वाहमूखी खेतीप्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न सहकारी मार्फत् आलुको व्यवसायिक खेती परियोजना सञ्चालन गरिएको हो । तिलोत्तमा नगरपालिकाले यो बर्षबाट सुरु गरिएको यो खेती लाई अर्को बर्ष बिहुली गाउमा अजै ब्रिहत रुपमा गरिने छ भनेर  बिउली आधुनिक तरकारी उत्पादक कृषक समूहका अध्यक्ष केशव सिंह चौधरी ले बताउनु भयो ।       सहकारी अभियान्ता तथा सामाज...

तिलोत्तमा नगरपालिकाको १६ मा थारु आधुनिकता र परम्परागत समिश्रनको अपन रिसोर्ट सन्चालनमा

Image
 बोहीया, तिलोत्तमा, रुपन्देही                                                                            अपन रिसोर्ट थारु समुदायका ४ जना युवा हरु दवारा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर १६ बोहिया गाउमा थारु आधुनिकता र परम्परागतको समिश्रनमा अपन रिसोर्ट सन्चालनमा ल्यायका छन । थारु समुदायका ४ जना युवा हरु दवारा सवा १ करोडको सयुक्त लागानीमा आफ्नो थारु मौलिकता संस्कृति र पहिचानको बारेमा जानकारीका साथै स्थानीय स्रोतसाधन हरुको स्थानीय स्तरमा नै लगानी तथा सदुपयोगको साथै बेरोजगारहरु लाई पनी रोजगारको अवस्था कायम गर्न पनी यो लगानीले स्थानीय स्तरमा महत्वपूर्ण भुमिका खेलेको छ । अहिले नेपाल सरकारले आफ्नो आफ्नो ठाउँ गाउ र देश भित्र आन्तरिक पर्यतक भित्राउनका लागी बिभिनन कार्यक्रम हरु लैइरहेको समयमा आउने आगन्तुकहरु का लागी स्थानीय पारीकार र आफ्नो पनमा आयका पाहुना हरु लाई स्वागत गर्नका लागि पन...

तिलोत्तमा नगरपालिकाको - १६ बिहुली गाउमा थारु समुदायको प्राचिन धार्मिक अनुष्ठान साउने पूजा सम्पन्न भयको छ

Image
प्रदेश नम्बर ५, रुपन्देही जिल्ला अन्तर्गत तिलोत्तमा नगरपालिकाको - १६ बिहुली गाउमा थारु समुदायको प्राचिन धार्मिक अनुष्ठान जसलाई बोलिचालीको भाषामा साउने पूजा भनेर भनिन्छ भब्यताका साथ सुसम्पन्न भयको छ ।                               प्राचिन धार्मिक अनुष्ठान गर्दै मुल सोखा र अन्य साहयक पूजारी हरु  यो अवसरमा गाउका पुरुष हरु भेला भइे आफ्नो देवताको थान दिउहार बाबाको मन्दिर वरपर पूजा गर्नि दिन अगावै रात भर जागाराम बस्दछन तेयो रात सोखा हरु अर्थात थारु समुदायका धार्मिक अनुष्ठान सम्पन्न गर्नी जस्लाई शोखा पद ले सम्मान गरिन्छ ओहा हरु को समुहले गाउका कुनै नयाँ पुरुष शोखा हुने चाहना गरिएको छ भने यसैका रात ती पुरुषको धार्मिक अनुष्ठान द्वारा जाच गरिन्छ उक्त जाचमा पास हुने पुरुष लाई आगामी समयका लागी गाउको शोखामा नियुक्त गर्नी गरिन्छ । उक्त रात बाजा गाजा का साथ गाउ भित्र र बाहिर रहेका प्रेत, भुत र आत्मा लाई बोलाहट हुन्छ अनि मुल सोखा द्वारा बोलाहट भयका प्रेत, भुत र आत्मा लाई पुन : मन्तर जन्न्तर लगाइ गाउको बाहिर आउने १ बर्ष...

नेपालको ठुलो घ्यू उद्योग लक्ष्मी वनस्पति घ्यू उद्योग प्रा. ली. को दुर्दशा

Image
रुपन्देही जिल्लामा साबिकको माधवलिया गा.बि.स. वडा नम्बर ८ बिहुली गाउमा यस क्षेत्रमा पहिला घर कता हो ? भन्दा लक्ष्मी वनस्पति घ्यू उद्योगको गाउमा भनेर भन्दथेम तर आज नेपालको  दोस्रो  ठुलो घ्यू उद्योग लक्ष्मी वनस्पति घ्यू उद्योग लिमिटेड थियो कुनै समयमा तर आज यो उद्योग पूर्णरुपमा भौतिक संरचना नै नरहने गरी बन्द भयको छ । आज भन्दा करीब ३५ बर्ष अघि बि स २०४१ \ ४२ साल ताका रुपन्देही जिल्लाको साबिक मधवलिया गा बि स वडा नम्बर ८ बिहुली गाउमा कारीब ५ बिघाको क्षेत्रमा फैलियको यो कारखाना बन्न लाग्यो र २०४५ सालमा बनेर तयार भई उत्पादन गर्न थाल्यो, तब स्थानियको बिरोध आउनु स्वभाबिक थियो किन भने कारखाना बनाउने भनेको ठाउँ स्थानिय थारु समुदायहरु को धान गहु तोरी आदि राखने स्थान हुने गदथ्यो तर पनि स्थानिय अगुवाहरुको पहलमा उक्त समस्यालाई समाधान गरि स्थानिय भूमिको मुवाब्जा बितरन गरिएका ले र  स्थानियलाई पूर्ण रोजगारको बिश्वास सहित उद्योग बन्ने काम सुरु भयो तब यो कारखानाको लागि प्राबिधीक, मज्दूर, सरसमान, कलपुर्जा मेशीनरी हरु कोही नेपालको हेटौडा र नेपालगंजको पुरानो घ्यू उद्योग बाट य...