रुपन्देही जिल्लामा साबिकको माधवलिया गा.बि.स. वडा नम्बर ८ बिहुली गाउमा यस क्षेत्रमा पहिला घर कता हो ? भन्दा लक्ष्मी वनस्पति घ्यू उद्योगको गाउमा भनेर भन्दथेम तर आज नेपालको दोस्रो ठुलो घ्यू उद्योग लक्ष्मी वनस्पति घ्यू उद्योग लिमिटेड थियो कुनै समयमा तर आज यो उद्योग पूर्णरुपमा भौतिक संरचना नै नरहने गरी बन्द भयको छ । आज भन्दा करीब ३५ बर्ष अघि बि स २०४१ \ ४२ साल ताका रुपन्देही जिल्लाको साबिक मधवलिया गा बि स वडा नम्बर ८ बिहुली गाउमा कारीब ५ बिघाको क्षेत्रमा फैलियको यो कारखाना बन्न लाग्यो र २०४५ सालमा बनेर तयार भई उत्पादन गर्न थाल्यो, तब स्थानियको बिरोध आउनु स्वभाबिक थियो किन भने कारखाना बनाउने भनेको ठाउँ स्थानिय थारु समुदायहरु को धान गहु तोरी आदि राखने स्थान हुने गदथ्यो तर पनि स्थानिय अगुवाहरुको पहलमा उक्त समस्यालाई समाधान गरि स्थानिय भूमिको मुवाब्जा बितरन गरिएका ले र स्थानियलाई पूर्ण रोजगारको बिश्वास सहित उद्योग बन्ने काम सुरु भयो तब यो कारखानाको लागि प्राबिधीक, मज्दूर, सरसमान, कलपुर्जा मेशीनरी हरु कोही नेपालको हेटौडा र नेपालगंजको पुरानो घ्यू उद्योग बाट यता सारीयो र अरु मेशीन हरु भारतको कुनै राज्यमा रहेको पुरानो कारखानाबाट र यूरोप बाट यहाँ लयाइयको रहेछ ।
 |
| लक्ष्मी वनस्पति घ्यू उद्योग लिमिटेडको मुख्य प्रबेश द्वार , तस्बिर सौ. विकिपीडिया |
यो कारखाना माडवाडी उद्योगी कैलाश चन्द्र जैन सँग २ करोड रुपैया बराबरको कर्जा लिइ, जो धनगढीमा कथ्था उद्योग सन्चालन गरी बसेका थिय जो उक्त कारखाना बन्द गरी तत्कालिन अधिराजकुमार धिरेन्द्र शाह जो राजा बिरेन्द्रका कान्छा भाई र मित्र बहादुर गुरुङको साझेदारीमा सन्चालन भयको यो उद्योग आफ्नो सुरुवाती समयमा नेपालकै ठुलो र धेरै उत्पादन गर्ने कारखाना थियो । यस उद्योगमा उत्पादन भयका घ्यू, तेल नेपालमा खपत हुन्थेनै त्य्स्पछि भारत र नेपालको सिमावर्ती क्षेत्रहरु मा बढी खपत गरिन्थ्यो ।
 |
| लक्ष्मी वनस्पति घ्यू उद्योग प्रा ली को संचालक समितीको बैठकको माइनुट बुक तस्बिर अधिकार : रवि जंग कार्कि |
 |
| लक्ष्मी वनस्पति घ्यू उद्योग लिमिटेड बन्ने समयका तस्बिरहरु |
जब बि. स. २०४५ \ ४६ साल ताका यो उद्योगले उत्पादन गरी बजारमा बिक्री गर्न थालयो तब यो नेपाल नेपालको शान्ती बनस्पती ली पछि उत्पादनमा पछी पछी थियो । बि. स. २०४६ बाट २०५१ साल सम्ममा यो कारखाना द्रुतगतीमा चलिरहेको थियो पछी आफ्नो लगानी उठायर भारतीय लगानिकर्ता रमेश जैन र सुरेश जैन यो उद्योगबाट जब गय तब बाट भनौ वा जसरि २०४६ साल पछी प्रजातन्त्र प्राप्त पछीको समय बाट जसरि नेपालमा ठुला ठुला कलकारखाना तथा उद्योगहरु बन्द वा ओरालो लाग्न थालयो त्य्सरी नै यो उद्योग पनि तैही गतीमा जान थालयो, जब बि. स. २०४५ \ ४६ साल ताका यो उद्योगले उत्पादन गरी बजारमा बिक्री गर्न थालयो तब यो नेपाल नेपालको शान्ती बनस्पती ली. पछि उत्पादनमा पछी पछी थियो, तर पनि अर्का साझेदार तत्कालिन राजकुमार धिरेन्द्र शाह द्वारा नेपालकै नयाँ सन्चालक बनाउनु भयो त्य्स्पछि पञ्चायतका शक्तिशाली ब्यक्तित्व र अहिलेका रा. प्र. पा. का नेता जगत गौचन प्रबंध संचालक भयर एस उद्योगमा आउनु भयो बि. स. २०५१ \५२ साल ताका पछी २ \ ४ साल सम्म कारखाना जेनतेन चल्यो पछी केही समयको लागी यो उद्योग बन्द हुन पुग्यो ।
 |
| काचो तेलको मौज्दात टन्की, तस्बिर सौजन्य : विकीपिडिया |
 |
| पम्प हाउश र अफिस भवन, तस्बिर सौजन्य : विकीपिडिया |
तस्बिर सौजन्य : विकीपिडिया
 |
| चिमिनी र बोइेलर हाउश, तस्बिर सौजन्य : विकीपिडिया |
 |
| उद्योगको सुरुवाती अवस्थाको तस्बिर सौजन्य : विकीपिडिया |
 |
| उद्योगको दक्षिण भागबाट लिइयको तस्बिर, त. अधिकार रवि जंग कार्कि |
यस उद्योगमा करीब १५० मजदुर प्रत्यक्ष र अनेकन अप्रत्यक्ष रुपमा एस उद्योगबाट लाभाम्बित थिय । एस क्षेत्रका अनेकन बेरोजगार युवाहरु लाई यो कारखानामा कामको साथै सिप पनि सिकायो । उद्योग वरपरका अनेकन युवाहरुलाई जुन सिप सिकायो यो उद्योगले ति युवाहरु लाई यो कारखाना बन्द भयता पनि पूर्व कर्मचारिहरु लाई उक्त सिप अरु उद्योगमा प्र्योगगरी कामगरिरहेका छन । त्य्सै मद्ययका यक हुन लक्ष्मी बनस्पतिका पूर्व कर्मचारी तिलोत्तमा नगरपालिका १६ बिहुलिका स्थानिय जिउत थारुको भनाइ अनुसार " हामी २०४२ साल तिर गाउ घर मै खालि बस्थौ जब यो उद्योग आयो हामी यो गाउका धेरै जसो युवाहरु काम गर्न थालेम अनि हामी हरुको जिवन स्तरमा सुधार भयको छ, र अहिले यो उद्योगले गर्दा ठुला सवारीका १० जना पूर्व कर्मचारिहरु चालक भई सकेका छन, कोहि मिस्त्री छन उद्योग ले सबै लाई राम्रो गरेको थियो के गर्निहो हजुर मालिक नै मरे पछी के लाग्छ र । "
 |
| पूर्व कर्मचारी तिलोत्तमा नगरपालिका १६ बिहुलिका स्थानिय जिउत थारु |
 |
उद्योगका मालिक स्व अधिराजकुमार श्री धिरेन्द्र शाह उद्योगका कामदार द्वारा स्वागत गर्दाको यो तस्बिर ,
तस्बिर सौ.
|
\
 |
पूर्व कर्मचारिहरु, तस्बिर सौ.
|
सम्पूर्ण राष्ट्रबादी नेपालीहरु का लागी बि स २०५८ को जेठ १९ गतेको कालो रात जस्मा हाम्रा पय्रारा राजा रानी र उनका पारीवार सहित अन्य शाही सदस्यहरु को पनि हत्या भयो जसमा लक्ष्मी वनस्पति घ्यू उद्योग लिमिटेडका संचालक अधिराजकुमार धिरेन्द्र शाह पनि हुनुन्थ्यो, त्य्सपछि यो उद्योगले आफ्नो नभयको घर जस्तै लथालिङग हुन गयो पछी उक्त दरबार हत्या काण्डमा बाँच्न सफल हुनु भयको अधिराजकुमार धिरेन्द्र शाहको पत्नि राजा बिरेन्द्रका साली अधिराजकुमारी प्रेक्ष्या शाह द्वारा आफ्नो श्रीमानको यो श्रीसम्पति लाई पुन सन्चालन गर्ने भनि बि. स.२०५९ साल तिर एस उद्योगमा आउनुभयो त्यस ताका उद्योगमा ठुलै स्वागत भयो शाही बुहारीको कारखानाका तमान मज्दुरहरु र उन्का पारीवारमा अब उद्योग चल्छ भनेर आशाको दियो पनि बल्यो सो अनुरुप उक्त उद्योग साल्ट ट्रेडिंग कर्पोरेशनको लगानि रहेकाले आफ्नो लागानि उठाउनका लागि केहि बर्ष आफुले चलाऊने भनि चलाऊन लाग्यो मज्दुरहरु अब उद्योग चल्ने भयो भनि खुशी हुँदै दिनानुदिन काम गर्दै थिए उता अधिराजकुमारी प्रेक्ष्या शाहको रारा तालमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनगयो र उता आफ्नो लगानि उठायर साल्ट ट्रेडिंग कर्पोरेशनले पनि उद्योग चलाऊन रोक्दियो, त्य्शको केहि समय पछि देशमा दोस्रो जनआन्दोलन शुरु भयो, तत्कालिन ने.क.पा. (माओबादि) को भागीनि संगठन वाइ. सि. यल. (YCL) द्वारा यो शाही परीवारको श्रीसम्पती हो भनि कब्जा गरी बस्न थाले पछी माओबादि शान्ति बार्तामा आय लगतै यो उद्योग बाट माओबादि द्वारा यो कारखाना बाट निस्किन थाले पछी यो उद्योग मेरो हो भनि नयाँ नयाँ मालिक आउने क्रम जारि हुन क्रममा काठमाडौंका कक्षपति थरका महानुभाव आउनु भयो यो उद्योग अब मेरो हो म चलाऊन्छु भनि उद्योगमा सरसफाइ तथा रङरोगन गर्नु भयो पछी के कति कारणले गर्दाहो वहाँ पनि चलाऊन नसकि जानुभयो ।
 |
| रङरोगन गरिएयका टन्कीहरु तस्बिर सौजन्य : विकीपिडिया |
 |
| तस्बिर सौजन्य : विकीपिडिया |
 |
| तस्बिर सौजन्य : विकीपिडिया |
त्य्स पछी उद्योगको बिजुली बत्ति पनि रु १६ लाख बकौता रहेकाले काटियो र यो उद्योग रुख बिरुवा झारपातले छोपियो र एसका मजदूरहरु पनि ३\४ मा सिमित हुन पुग्य पछी बिचमा ४ \ ५ बर्षको बन्द पछी पुन अर्का बिराटनगरका उद्योगी चन्द्र शेखर धाडेवा द्वारा यो उद्योगको भोग चलन गर्न अधिकार पाय अनुसार यहाँ धाडेवा चिया उद्योग सन्चालन गर्ने भनि घ्यू उद्योगको पुरानो भौतिक संरचनालाई भात्काउने तथा कारखानाका कलपुर्जा तथा सरसमान लाई बिक्री गर्न थालनु भयो र उद्योगको जमिनलाई टाउन पलानिङ गर्न भनि बनायको योजनालाई वाणिज्य बैंक, नेपाल बिधुत प्राधिकरणको कर्जा र बकौता रहेको हुनाले अदालत द्वारा भइरहेको कामलाई रोक्न भनि आदेश आयो सो आदेश अनुसार धाडेवा चिया उद्योग सन्चालन गर्ने र टाउन पलानिङ योजना पनि असफल हुन गयो र भयको सरसमान लाई उद्योग सन्चालन हुँदा आनुने पाहुनाका लागी बनाइयको अतिथि गृहमा सुरक्षितसाथ राखि स्थानिय ओम बहादुर कार्किलाई समय समयमा रेख देखको जिम्मा दिइयर आफु बिराटनगर जानुभयो । चन्द्र शेखर धाडेवा द्वारा यो उद्योगको कार्यालय भवन र अतिथि गृह लाई नभत्काइ पहिलेकै अवस्थामा राक्ख्नु भयको छ ।
 |
| लक्ष्मी वनस्पति घ्यू उद्योग रहेको अहिलेको स्थान , PHOTO RIGHT BY : RAVI JUNG KARKI |
 |
| लक्ष्मी वनस्पति घ्यू उद्योग रहेको अहिलेको स्थान , PHOTO RIGHT BY : RAVI JUNG KARKI |
 |
| अतिथि गृह @ PHOTO CREDIT BY : RAVI JUNG KARKI |
 |
| कार्यालय भवन र अतिथि गृह हुँदै उद्योगको मुख्य सडक PC BY : RAVI JUNG KARKI |
 |
| उद्योगको दक्षिण भागबाट लिइयको तस्बिर, तस्बिर अधिकार : रवि जंग कार्कि |
 |
| उद्योगको दक्षिण भागबाट लिइयको तस्बिर, तस्बिर अधिकार : रवि जंग कार्कि |
बि.स. २०७० साल तिर बाट शुरु भई २०७२ को शुरुवाति समयमा नै यो उद्योगको मुख्य भौतिक संरचनालाई भात्कायर घरपालुवा जानवरको लागि चरनको रुपमा रहिआयको छ । जसरि बि.स. २०४२ साल तिर यो जमिन खालि जमिन, खेत खलियान थियो अब को यो समयमा पनि खालि जमिन भयको छ, कुनै समयमा हेटौडाको शान्ती वनस्पति घ्यू उद्योग लिमिटेड पछीकै ठुलो र उत्पादन क्षमता भयको उद्योग जस्ले आफ्नो समयमा लक्ष्मी र उपहार ब्राण्डका घ्यू र तेल साथै लक्ष्मी लाइट र रानी साबुन पनि उत्पादन गर्दथ्यो ।
 |
| लक्ष्मी वनस्पति घ्यू उद्योग लिमिटेडमा उत्पादन हुने बस्तुको ब्राण्डका लेबल तस्बिर अधिकार : रवि जंग कार्कि |
 |
लक्ष्मी वनस्पति घ्यू उद्योग लिमिटेडमा उत्पादन हुने बस्तुको ब्राण्डका लेबल तस्बिर अधिकार : रवि जंग कार्कि
|
 |
| लक्ष्मी वनस्पति घ्यू उद्योग लिमिटेडमा उत्पादन हुने बस्तुको ब्राण्डका लेबल तस्बिर अधिकार : रवि जंग कार्कि |
 |
| लक्ष्मी वनस्पति घ्यू उद्योग लिमिटेडमा उत्पादन हुने बस्तुको ब्राण्डका लेबल तस्बिर अधिकार : रवि जंग कार्कि |
 |
| लक्ष्मी वनस्पति घ्यू उद्योग लिमिटेडमा उत्पादन हुने बस्तुको ब्राण्डका लेबल तस्बिर अधिकार : रवि जंग कार्कि |
Comments
Post a Comment