बोहीया, तिलोत्तमा, रुपन्देही
अपन रिसोर्टथारु समुदायका ४ जना युवा हरु दवारा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर १६ बोहिया गाउमा थारु आधुनिकता र परम्परागतको समिश्रनमा अपन रिसोर्ट सन्चालनमा ल्यायका छन । थारु समुदायका ४ जना युवा हरु दवारा सवा १ करोडको सयुक्त लागानीमा आफ्नो थारु मौलिकता संस्कृति र पहिचानको बारेमा जानकारीका साथै स्थानीय स्रोतसाधन हरुको स्थानीय स्तरमा नै लगानी तथा सदुपयोगको साथै बेरोजगारहरु लाई पनी रोजगारको अवस्था कायम गर्न पनी यो लगानीले स्थानीय स्तरमा महत्वपूर्ण भुमिका खेलेको छ । अहिले नेपाल सरकारले आफ्नो आफ्नो ठाउँ गाउ र देश भित्र आन्तरिक पर्यतक भित्राउनका लागी बिभिनन कार्यक्रम हरु लैइरहेको समयमा आउने आगन्तुकहरु का लागी स्थानीय पारीकार र आफ्नो पनमा आयका पाहुना हरु लाई स्वागत गर्नका लागि पनि यो अपन रिसोर्ट ले राम्रो भुमिका खेल्दछ । अहिले रिसोर्टमा थारु समुदायका फरक फरक पारीकारका साथै अन्य आधुनिक पारीकारको मजा लिन सकिन्छ, उक्त पारीकारहरुमा स्थानीय परीकारहरुमा लोकल माछा, गङ्गेटा, घोगी, कुखुरा र हासका साथै चामलबाट बनाइने थारुहरु को बिशेस परीकार धिए ढीकरीको पनि आनन्द लिन सकिन्छ । अहिले अपन रिसोर्टमा आधुनिक बार का साथै ठुलो पार्टी हल पनि रहेको छ साथमा परम्परागत थारु घरको बनौटमा अहिलेका लागी ४ वटाखोपी अनुसारका घर हरु पनि छन जहाँ आफ्नो समुहमा बसि थारु परीकारको आनन्द लिन सकिन्छ ।

संचालक गोरख चौधरीअपन रिसोर्टका संचालक गोरख चौधरीका अनुसार "आउने समयमा पाहुनाहरुका लागी बास बस्ने समेतको योजना बनाइयको छ जुन परम्परागत थारु समुदायको तरिकाका घरहरु हुनेछन जस्मा अहिलेका अतिआवसेक सेवा हरुका साथै परम्परागत पहिचान पनि समाबेस गराइने छ र अहिले सम्म सवा १ करोडको लगानी भईसकेको र अरु थप ५० लाखको लगानीमा बस्न मिल्ने सुबीधा सुम्पन्न कोठाहरु र आधुनिक बाल बगैचा बनाउने योजना रहेको छ ।"
https://fb.watch/1C4Hnj1Gxx/
आउने पाहुनाहरुको माग अनुसार स्थानीय थारु परम्परागत लोक नृत्य पनि पाहुनाको माग अनुसार सन्चालनमा रहेको छ जुन स्थानीय थारु युवा युवती हरु आफ्नो थारु पोसाक तथा गहना पहिरनमा थारु र अन्य गीतमा नृत्य प्रस्तुत गर्ने गर्दछन ।
संचालक हेमन्त थारु
अपन रिसोर्टका अर्का संचालक हेमन्त थारुका अनुसार "ग्राहकहरुको चाहनालाई हेरी रिसोर्टको खाली जमिनमा बालबालीका हरुका लागी बाल बगैचाको निर्मान गर्नी योजना रहेको बताउनु भयको छ ।"
अपन रिसोर्टको आफ्नो परीकार घोगीको म:म
अपन रिसोर्टको आफ्नो परीकार ढीकरी, घोगी
परम्परागत थारु घरको बनौट
खोपी अनुसारका घरहरु


आधुनिक बार का साथै ठुलो पार्टी हल
आधुनिक बार का साथै ठुलो पार्टी हल
खोपी
अपन रिसोर्टमा जानको लागी गूगल नक्सा
रातिको समयमा अपन रिसोर्ट
थारु परीकार घोगी
गङ्गेटा परीकार
माछा को परीकार
Comments
Post a Comment