तिलोत्तमा नगरपालिकाको १६ बिहुली गाउमा सामूहिक आलु खेती सुरु

तिलोत्तमा १६ बिहुली, रुपन्देही, 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको १६ बिहुली गाउमा यो वर्षबाट ५ बिगाहा क्षेत्रफलमा आलुको सामूहिक खेती सुरु गरिएको छ । कोरोना महामारीमा स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्दै आलुको उत्पादन बढाउन नगरपालिकाले किसानलाई व्यवसायिक आलु खेती तर्फ अग्रसर गराएकोमा तिलोत्तमा १६ बिहुली लगायत तिलोत्तमा नगरपालिका भरिनै करीब ६० बिगाहा क्षेत्रफलमा आलुको सामूहिक खेती सुरु गरिएको छ । किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्याउन तिलोत्तमा नगरपालिका र यु.एन.डि.पी.को सहयोगमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय स. सं. लिमिटेडले आलुको बिज वृद्धि परियोजना सञ्चालन गरेको छ, निर्वाहमूखी खेतीप्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न सहकारी मार्फत् आलुको व्यवसायिक खेती परियोजना सञ्चालन गरिएको हो । तिलोत्तमा नगरपालिकाले यो बर्षबाट सुरु गरिएको यो खेती लाई अर्को बर्ष बिहुली गाउमा अजै ब्रिहत रुपमा गरिने छ भनेर  बिउली आधुनिक तरकारी उत्पादक कृषक समूहका अध्यक्ष केशव सिंह चौधरी ले बताउनु भयो ।

     सहकारी अभियान्ता तथा सामाजिक ब्यात्तित्व कृण्ण नेपाल दवारा आलु लगाउने मेशीनको परीक्षण गर्दै 

अहिले बिहुलिको समुहमा ५ बिगाह अन्तर्गत आलु खेती गरियको छ जसमा १२ घर परिवारहरुको सहभागिता रहेको छ, आगामी बर्षमा यो बर्ष भन्दा अधिक घरधुरीहरु लाई समाबेश गरिने साथै आलुको अलावा मकै पनि लगाउने योजना रहेको र अरु खेती पनी यसरी नै समुहमा गरिने योजनालाई प्रयोगमा लयाउने भनेर सहकारी अभियान्ता तथा सामाजिक ब्यात्तित्व कृष्ण नेपालले हामी लाई जानकारी दिनुभयो । 

                                                     आलुका लागि माटो तयार गर्दै 

                                                      आलुका लागि जमिन  तयार गर्दै 

बिउली आधुनिक तरकारी उत्पादक कृषक समूहमा यो बर्ष १२ घरधुरीको सहभागिता रहेको छ जो सबै तिलोत्तमा नगरपालिकाको १६ बिहुली कै बासिन्दा रहेका छन जस्मा कृष्ण नेपाल, केशब सिंह चौधरी, जंग बहादुर थारु, कृष्ण प्रसाद चौधरी, गिता थापा, बलराम पाेखरेल, राजेन्द्र चौधरी, दयाशंकर चौधरी, जंग बहादुर मल्लाह, श्याम नारायण चौधरी, झपट के सी र महेन्द्र पाेखरेल लगायतले यो बर्ष सामुहिक आलु खेती गरेका छन, उक्त सामुहिक खेती का लागि सहकारी अभियान्ता तथा सामाजिक ब्यात्तित्व कृष्ण नेपाल द्वारा ४ बिगाह ५ धुर जमिन बिउली आधुनिक तरकारी उत्पादक कृषक समूहलाई आलु खेती गर्नको लागि सहयोग गर्नु भयको छ जस्मा किसानहरु द्वारा उत्पादन भयको आलुमा १० प्रतिशत जग्गाधनि लाई दिने गरि सहमती भयको छ । 

                                                        खेत मा मेसीन को प्रयोग गरीदै 

यो बर्ष ५ बिगाहको जमिनमा लगाइयको आलुमा २ जात रहेको छ जस्मा जे. डी. जातको आलु बिक्री जन्य जुन ३ बिगाहमा लगाइयको र टी. पी. एस. जातको आलु लाई बिउको लागी २ बिगाहमा लगाइयको छ, जसलाई चाहिने बिउ, रासायनिक र गढौले मल नगरपालिका र युएनडिपीको सहयोगमा प्राप्त भयको जानकारी कृष्ण नेपालले बताउनु भयो । 

खेत मा मेसीन को प्रयोग गरी आलु खेती गरीदै हेर्नको लागि तलको लिन्कमा जानुहोला जुन नितेश चौधरीको फेसबूक पोस्टबाट लिइयको छ ......................

                   https://www.facebook.com/100001751230232/videos/3411361368932204/

                                         आलु लगाउने मेसीनको पूजा गरिदै सम्पूर्ण कृषक समूह
                                     आलु लगाउने मेसीनको पूजा गरिदै सम्पूर्ण कृषक समूह
      आलु लगाउने मेसीनको साथमा  सहकारी अभियान्ता कृष्ण नेपाल, कृषक समूहका अध्यक्ष केशव सिंह चौधरी र  कृषक कृष्ण चौधरी 
                                  आलुका लागि मल तयार गर्दै  कृषक बलराम पाेखरेल
                              सामुहिक आलु खेती हेर्नका लागि परसहवाका अगुवा कृषकहरु

         सामुहिक आलु खेती हेर्नका लागि परसहवाका अगुवा कृषक लेखनाथ पाण्डे र बाबुराम खाति

Comments

Popular posts from this blog

भारतको बेङ्गलोरमा बझाङ्गी राजा श्री जयपृथ्बी बहादुर सिंह को भब्य महलको कथा

मधवलिया ब्याडमिन्टन क्लबको अध्यक्षमा : केशव सिंह चौधरी सर्वसहमत चयन

दिल्ली दरवारमा श्री ३ चन्द्र शम्शेरको आतिथ्यता