Posts

Showing posts from 2022

दिल्ली दरवारमा श्री ३ चन्द्र शम्शेरको आतिथ्यता

Image
दिल्ली दरबार जुन आज पनि नेपाली मानसपटलमा बडो महत्वका साथ बुझिन्छ चाहे राजनीति, शासक वा कर्मचारी नै किन नहुन दिल्ली दरवार भने पछी अहिले उथल पुथल वा शासक हुनका लागी एक महत्वपुर्ण कडीको रुपमा रहेको यो दिल्ली दरवार हिन्दुस्तान स्वतन्त्र हुनु भन्दा पहिला पनि थियो तर त्यस दरवारमा अहिलेको जस्तो अवस्था थिएन नेपाल र नेपाली शासकहरु को बडो सान सौकतका साथ आवत जावत र मान सम्मान हुने गर्दथ्यो । आजको मेरो लेखमा तत्कालिन बिट्रिश भारतमा ३ पल्ट दिल्ली दरवार बस्यो सन् १८७७, १९०३ र १९११ मा तिनै पल्ट नेपाल लाई एक अलग देशको हैसियत र सहभागीहरु मध्यमा पनि उच्च सम्मानका साथ आतिथ्यता प्रदान गरियो ।        दरबार एम्फिथिएटरमा ब्लक ए मा बसेका जापानी राजदूत, नेपालका प्रधानमन्त्री चन्द्रशमशेर जंगबहादुर                      राणा (१८६३–१९२९) र अफगान राजदूतको तस्बिर   PC BY : The Royal Collection Trust के हो त दिल्ली दरवार जब हिन्दुस्तान लगायत संसारका धेरै भुभागहरु मा बिट्रिशहरु को शासन चलिरहेको समयमा बिट्रिश राजपरिवारमा नयाँ राजाको राज...

द न्युयोर्क टाइम्सले छापेको राजा बिरेन्द्रको विवाह समारोहको तयारी समाचार

Image
बि.सं. २०२०२६  फागुन १६ गते हुन गैरहेको युवराज बिरेन्द्रको विवाहका लागी बेलायतबाट चारवटा सेतो स्ट्यालियन घोडा, नेदरल्याण्डबाट फूल, नयाँ दिल्लीबाट दुई डेकोर जाहाजमा खानाका परिकार, पाहुना बोक्नका लागी जापानबाट दुई सय बिलासी तथा अन्य अटोमोवाईल र नेपालको आफ्नै जङ्गलबाट नौ वटा हात्ती ल्याइएको छ । नेपाल एउटा सानो, गरिब, आदिम पहाडी देश हो तर पनि आफ्नो राजाको छोरा र हुने वाला राजाका लागि विवाह गराउन उपयुक्त बनाईयको छ र ऊ कुनै दिन राजा हुन्छ, २४ वर्षीय दुलहा वीरेन्द्र वीर विक्रम शाह देवका लागि विश्वको एक मात्र हिन्दू सिंहासनका युवराज र उत्तराधिकारी हुन् । PHOTO BY JACK GAROFALO/PARIS MATCG  GETTY IMAGES शुक्रबार, उनले राणा परिवारकी २० वर्षीया सदस्य ऐश्वर्या राज्यलक्ष्मी देवी राणासँग विवाह गर्नेछन्, जसले नेपाललाई वंशानुगत प्रधानमन्त्रीको रूपमा शासन गरे, धेरै पछि युवराजका हजुरबुबाले बि.सं. २००७ सालमा राणाहरु लाई सत्ताबाट अलग बनाईदिय र हालमा दुई परिवार त्यसबेलादेखि राजनीतिक रूपमा होइन, सामाजिक रूपमा सम्बन्ध बनाएका छन् । एक राणा सँग विवाह गरेका राजा महेन्द्रले पनि आफ्नो छोराको बिहेलाई अन्त...

बेलायतमा श्री ३ जुद्ध शम्शेरको कार ५१ लाखमा बिक्रि

Image
भैरहवा, रुपन्देही १४ जेष्ठ २०७९ बेलायतको म्यानचेस्टरका क्रसले भाईहरु ले आफ्नो पहिलो मोटर सन् १९०४ मा निर्माण गरे । बेलायती र बिदेशी राजपरिवारको लागी क्रसले भाईहरु द्धारा २० औ शताब्दीको सुरुवाती बर्षमा उच्च गुणस्तरका राम्रो इन्जिन भएका कारहरु उत्पादन गर्न थाले र ति कार हरु जब बेलायती राजा जर्ज छैटौ र रानी आफ्ना उपनबेश भएका मुलुकमा भ्रमण गर्न जाँदा ति कारहरु पनि पठाइयो जसमा लिमोसिन र ल्यान्डोलेट मोडेलहरु समावेश गरिएको थियो ।  यही क्यानबेरा ल्यान्डोलेट कार सात समुद्र पारी बाट पानी जाहाजमा लोड गरी ब्रिटिस भारतको प्रसिद्ध बन्दरगाह कलकत्तामा सन् १९३० को दशक ताका जब नेपालको प्रधानमन्त्री श्री ३ महाराज जुद्ध शम्शेर थिए वहाले यो कार लाई बेलायत बाट आफ्नो लागी मगाएका थिय जुन ब्रिटिश भारतको कलकत्ता आईसकेपछी बिहारको रक्सौल सिमा बाट नेपालको बिरगन्ज, अमलेखगन्ज, भिमभेदी, चित्लाङ्ग हुदै काठमान्डौ खाल्टोमा भरियाहरु द्धारा अनेकन दिन रात लगाएर पुरयाईयको थियो र त्यस समयमा यो मोटर कार श्री ३ जुद्ध शम्शेर प्रधानमन्त्री हुदाँ सम्म प्रयोगमा ल्याउनु भयो पछी जब वहाँ देश छोडेर ब्रिटिस भारतको देहरादुनमा बस्न थ...

रुपन्देहीको ओमसतियामा राणाकालिन दरवारको जिर्ण अवस्था

Image
रुपन्देही, ओमसतिया जेठ ९ २०७९, नेपाल सरकारको २ दिने बिदाको मौका लाई आफ्नो रुची अनुशारको घुमाईमा खर्च गरियो जाँहा पश्चिम नेपालको रुपन्देही जिल्ला साबिकको पटखौली र हालको ओमसतिया गाँ.पा. मा पर्ने भेलाही गाँउ जुन राणा कालिन हुलाकी राजमार्ग बाट करिव ३ कि.मी.को दुरीमा अवस्थित रहेको छ त्यहा नेपालमा राणा बंशको सस्थापक शासक जङ्ग बहादुर राणा जी का सहोदर भाई खलकहरु जो नेपालको शासन सत्ता बाट जङ्ग बहादुरको मृत्यु पछि काठमान्डौ बाट बिभिन्न बाहानामा बाहीरिय र शासक दाजु भाई शम्सेर खलकबाट तराईका बिभिन्न जिल्लाहरु मा बिर्ता पाई बस्न थाले सोही क्रममा नरसिंह राणा खलकका सदस्यहरु पश्चिम तराईको समतल र मलिलो फाँट जुन उत्तर र पुर्वमा घनघोर सालका जंगलबाट घेरीएर रहेको उत्तरमा खैरहनी, बिर्ता देखी दक्षिणमा धकधैइको तल्लो मैदान सम्मको बिर्ता पाई करिब आज भन्दा १२० बर्ष भन्दा पहिला यहाँ आई बस्ति आवाद गरी खेती गराई लगान उठान गराउन जमिन्दार साहु माहाजन हरु को सभा बनाई बसेका थिय । त्यही बिरासत अन्र्तरगतको घर हो यो जस्लाई हामी राणा जि को कोठी वा हवेली भनिदो रहेछ जुन ३ तल्ले थियो जाँहा बाट खैरहनी र धकधैईको मौजा देखीन्थयो...

तिलोत्तमाको बिहुलीमा नयाँ बर्षका लागी बिहुली म्युजिकल नाईट हुदै

Image
 तिलोत्तमा, रुपन्दही नेपालीहरु को नयाँ वर्ष २०७९ का लागी तिलोत्तमा नगरपालिका १६ बिहुलीमा रहेको बुद्ध स्मृती क्लव द्धारा आयोजना हुन गैरहेको “बिहुली म्युजिकल नाईट”  यही आउदै गरेको चैत्र ३० गते तिलोत्तमा न.पा. १६ बिहुलीमा रहेको घ्यु फ्याक्ट्रीको खाली मैदानमा साँझ बाट सुरु हुने क्लवका सदस्य तथा कार्यक्रम संयोजक प्रबिन खड्काले जानकारी दिनु भयो ।  बिगत २ वर्ष बाट कोभिडको समस्याबाट संसार त्राहिमान भइरहेकाले सुरक्षा तथा सावधानीका कारण कोही कसैले पनि मनोरञ्जन तथा अन्य आधारभुत बाहेकका क्रिर्याकलापहरु गर्न सक्ने अवस्था नरहेकाले पनि धेरै समय बाट यस्ता युवा केन्द्रीत कार्यक्रमहरु यस क्षेत्रमा नभएकाले यस पाली स्थानिय युवा माझ आधुनिक संगितको तालमा यो नयाँ वर्षलाई सम्झने लायक बनाई दिने भनेर आयोजक क्लव द्धारा बिहुली म्युजिकल नाईटस्  – २०७९ आयोजना गरेर क्लव तथा आफ्नो टोलको स्थानिय पर्यटन प्रवर्धन गरम भनेर बुद्ध स्मृती क्लवका सम्पुर्ण सदस्यहरु मिली कार्यक्रम के कसरी गर्ने भनेर गृहकार्य गरिरहेका छन् । बिहुली म्युजिकल नाईटस् मा स्थानिय कलाकार र ब्यान्डको लाईभ प्रस्तुती रहने छ । कार्यक्रम...