नेपालको ठुलो घ्यू उद्योग लक्ष्मी वनस्पति घ्यू उद्योग प्रा. ली. को दुर्दशा
रुपन्देही जिल्लामा साबिकको माधवलिया गा.बि.स. वडा नम्बर ८ बिहुली गाउमा यस क्षेत्रमा पहिला घर कता हो ? भन्दा लक्ष्मी वनस्पति घ्यू उद्योगको गाउमा भनेर भन्दथेम तर आज नेपालको दोस्रो ठुलो घ्यू उद्योग लक्ष्मी वनस्पति घ्यू उद्योग लिमिटेड थियो कुनै समयमा तर आज यो उद्योग पूर्णरुपमा भौतिक संरचना नै नरहने गरी बन्द भयको छ । आज भन्दा करीब ३५ बर्ष अघि बि स २०४१ \ ४२ साल ताका रुपन्देही जिल्लाको साबिक मधवलिया गा बि स वडा नम्बर ८ बिहुली गाउमा कारीब ५ बिघाको क्षेत्रमा फैलियको यो कारखाना बन्न लाग्यो र २०४५ सालमा बनेर तयार भई उत्पादन गर्न थाल्यो, तब स्थानियको बिरोध आउनु स्वभाबिक थियो किन भने कारखाना बनाउने भनेको ठाउँ स्थानिय थारु समुदायहरु को धान गहु तोरी आदि राखने स्थान हुने गदथ्यो तर पनि स्थानिय अगुवाहरुको पहलमा उक्त समस्यालाई समाधान गरि स्थानिय भूमिको मुवाब्जा बितरन गरिएका ले र स्थानियलाई पूर्ण रोजगारको बिश्वास सहित उद्योग बन्ने काम सुरु भयो तब यो कारखानाको लागि प्राबिधीक, मज्दूर, सरसमान, कलपुर्जा मेशीनरी हरु कोही नेपालको हेटौडा र नेपालगंजको पुरानो घ्यू उद्योग बाट य...