प्रदेश नम्बर ५, रुपन्देही अन्तर्गत तिलोत्तमा नगरपालिका- १५ मा रहेको एस क्षेत्रको पुरानो सरकारी विद्यालयमा हालै क्वारेन्टाइन निर्माण गरेको छ । अहिलेको अवस्थामा संसारमै भयाभावक अवस्थामा पुगेको यो माहामारीले संसारका ठुला ठुला राष्ट्रहरु लाई पिरलो पारेको अवस्थामा हाम्रो देश पनि यो समस्याको भुमरीमा पर्न लागेको अवस्था आउन थालेको भान भइसकेको छ । हाम्रो देश नेपाल संसारकै दुइ ठुला राष्ट्र चिन र भारतको मध्य भागमा अवस्थीत भयको जस्मा पनि यो माहामारीको उदगम स्थल चाइना र अहिलेको अवस्थामा संसारकै ठुलो लोक्तान्त्रिक मुलुक भारतमा पनि यो माहामारी द्वारा ठुलै समस्या गरेको र भारतमा कैयन हाम्रा नेपाली रहेका र अहिले उक्त नेपालीहरु भारतका बिभिन्न राज्यहरु बाट लुकिछिपी वा अन्य बाटो बाट जुन अबैध तरिकाले नेपाली सिमामा आयर बसेका छन तिनी हरु मध्य जो कोरोना सन्क्रमित छ उक्त नेपाली बिना जानकारी अबैध बाटो हुँदै सिमा नजिकैका गाउमा आइ अरुलाई पनि सन्क्रमित गरी अहिले नेपालको यो अवस्था पुगेको हो । यही कुरालाई मध्य नजर गर्दै हाम्रो यो रुपन्देहीमा पर्ने बेलहिया र सुनौली नाकामा रहेका प्रबासी नेपाली मजदुर, कामदार वा अन्य लाई तिलोत्तमा नगरपालिका, सिद्धार्थ नगरपालिका र रुपन्देही जिल्लाका सरोकारहरु द्वारा उक्त नाकामा रहेका नेपालीलाई जिल्लामा निर्माण गरेका क्वारेन्टाइनहरु मा लगेर राखिएको छ, भारतका विभिन्न सहरबाट स्वदेश फर्कने क्रममा सीमा क्षेत्रमा अलपत्र परेकामध्ये पाँच सय १० जना नेपालीको उद्धार गरी रुपन्देही ल्याइएको छ,

तिलोत्तमा नगरपालिका द्वारा माधवलिया माध्यमिक विद्यालयमा सन्चालन भयको अस्थायी क्वारेन्टाइनमा भारत बाट आयका लाई भित्र लैजादै । तस्बिर सौजन्य : ति. न. पा. - १५ का वडा अध्यक्ष श्री खेम राज गुरुङ
भारत बाट स्वदेश ल्याइएका उनीहरूमध्ये दुई सय ३३ जना तिलोत्तमा नगरपालिका–१५ को मधवलिया माविको क्वारेन्टाइनमा र दुई सय ७७ जना सिद्धार्थनगर नगरपालिकाको भैरहवास्थित लिलाराम न्यौपाने मावि र भैरहवा माविको क्वारेन्टाइनमा राखिएको छ ।
 |
| तिलोत्तमा नगरपालिका - १५ का वडा सदस्य घनश्याम थापा |
" भारत उत्तर प्रदेश सरकारको क्वारेन्टाइनमा बसाइँ पूरा गरिसक्दा पनि आफ्नो देश आउन नपाएर बेहाल अवस्थामा अलपत्र परेका नेपाली दाजुभाइको पीडा देखेर हाम्रो तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरेको अगुवाइमा यो यक्दमै राम्रो काम भयको छ जसलाई हामी स्थानीय द्वारा जे जस्तो सहयोग गर्न पनि तयार छौ " भनेर स्थानीय युवा सञ्जय नेपालले स्पष्ट पारे ।
 |
| स्थानीय युवा सञ्जय नेपाल |
बुधबार साँझ स्वदेश भित्रिएका यी सम्पूर्ण नेपाली जो भारतमा रोजगारीको सिलसिला रहेका र अहिले यो माहामारीमा लकडाउन भय पछी उता बस्न नसकिने भयकाले आफ्नो देश आय र यो समुहमा आउने हरु प्राय गुल्मी, पाल्पा अर्घाखाँची, स्याङजा, रुपन्देहीलगायत जिल्लाका छन् । भारतमा मंगलबारदेखि रेल सेवा सुरू भएपछि स्वदेश फर्कने नेपालीको संख्या झनै बढ्ने देखिएको छ । कपिलवस्तुका विभिन्न सीमा क्षेत्रमा अझै पन्ध्र सय नेपाली रोकिएका छन, अनेकौ पीडा खेपेर सीमामा आइपुगेर पनि स्वदेश आउन नपाएका नेपालीहरूले नेपाल भित्रिन पाएकोमा खुसी व्यक्त गरेका छन्। अहिले यो माहामारीका कारण बन्द आस्थामा रहेको यो मधलिया मा बी मा रहेका लाई आधारभुत आवस्यकताका साथै नि शुल्क ईन्टरनेटको पनि बेवस्था गरियको छ ।
 |
| विष्नु थापा तिलोत्तमा १५ सखुवानी |
विष्नु थापा तिलोत्तमा १५ सखुवानी जो यो क्वारेन्टाइन क्षेत्रको नजिकैको टोलबासि हुनुन्छ वहाँको भनाइमा " आफ्नो देश र घर भनि जो नेपाली आमा बुवा दाजु भाई तथा दिदि बहिनीहरु दशगजा क्षेत्रमा आयर बस्नु भाको थियो वहाँ हरु लाई तिलोत्तमा र सिद्धर्थनगरका स्थानिय सरकारले जुन तादरुकताका साथ यो कदमको सुरुवात गरेको छ यो आँफैमा ठुलो कुराहो त्य्सैसैले यो समस्याको घडीमा जुन अभिभावकको भुमीका खेलेको छ मेरो तर्फबाट र म जस्ता तिलोत्तमा १५ बासिको तर्फ बाट सम्पूर्णमा धन्यवाद दिन चाहन्छु । "
Butwal बुटवलको फेसबुक पेजबाट प्राप्त :
https://www.facebook.com/butwal32907/videos/454493285380363/
 |
| मधवलिया मा बी मा बनाइयको क्वारेन्टाइनमा आउँदै भारतबाट आयका नेपालीहरु, तस्बिर सौ. कृष्ण नेपालको फेसबुक पोस्ट |
 |
| मधवलिया मा बी मा बनाइयको क्वारेन्टाइनमा आउँदै भारतबाट आयका नेपालीहरु, तस्बिर सौ. कृष्ण नेपालको फेसबुक पोस्ट |
 |
| मधवलिया मा बी मा बनाइयको क्वारेन्टाइनमा आउँदै भारतबाट आयका नेपालीहरु, तस्बिर सौ. कृष्ण नेपालको फेसबुक पोस्ट |
 |
| मधवलिया मा बी मा बनाइयको क्वारेन्टाइनमा आउँदै भारतबाट आयका नेपालीहरु, तस्बिर सौ. कृष्ण नेपालको फेसबुक पोस्ट |
Comments
Post a Comment