नेपालको तराइ भु भागका मुसा शिकारी (थारु समुदाय)
प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देही जिल्ला तिलोत्तमा नगरपालीकाको वडा नम्बर १६ मा पुरानो थारु गाउ छ जस्को पुरानो नाम गणेशगज थियो पछी कालन्तरमा बिहुली हुन गयो । यो गाउ पहिला थारु समुदायहरु मात्र बसोबास गर्दथे पछी २०२०, २५ साल ताका पहाड़ी समुदाएहरु पहाडबाट बसाइसराइ गरि आउन थाले पछी एस गाउमा थारु, बाहुन, क्षत्री, मगर, अन्य समुदायहरुको गणना धेरै हुन गयो, तर पनि एस गाउका थारु समुदायहरु आफ्नो पुर्खा बाट बिरासतमा सिकेका कला, धर्म, परम्परा, चालचलनहरु लाई एक पुस्ता बाट नयाँ पुस्तामा हस्तान्तरन गर्दै गर्दा जसरि थारु समुदायका पुर्खा हरु ले उस बखतमा खेत वा पर्तिहरुमा पाइने मुसाको शिकार गर्न जुन तरिका अपनायका थिए उक्त शिकारी तरिकालाई अहिले सम्म यो पुस्ताले जोगाइ राखेको छ ।
जब खेत वा पर्तीमा धान वा गहुको बालि पाकेको अवस्था र भित्राइने समयमा यी समुदायका पुरुषहरु समुह बनायर कोदालो सहित मुसाको शिकार गर्न जान्छन ।
यी शिकारी समुहलाई थाहा हुन्छ की कुन दुलोमा मुसा छन कि छइन भनेर, मुसाको दुलोमा नयाँ माटो हुन्छ भने तेयो दुलोमा मुसा छ भनेर थाहा हुन्छ ।










Comments
Post a Comment