बिहुली गाउमा १९ औं शताब्दीको इनार (कुआं) को स्थानिय द्वारा जीर्णोद्धार

प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १६ लौसी खोलाको तिरमा बिहुली गाउ जुन थारु समुदायहरु द्वारा ५०० बर्ष देखी पहिले बाट नै बसोबास गर्दै आहिरहेका छन । यो गाउको आफ्नो इतिहास छ जब यो तराइमा जमिनदारी प्रथाको युग थियो तब यो गाउमा पनि तत्कालिन समयमा नेपाल अन्तर्गत यो क्षेत्र पाल्पा प्रशासन मुकामको रोहबरमा पर्दथ्यो र पाल्पाका गभर्नल (प्रसासक) द्वारा जसरि अन्य गाउहरु बिभिन्न जमिन्दारहरु लाई जिम्मा लगाय जस्तै यो गाउको जमिनदारीमा पाल्पाका फौजदार ध्वज मास्के लाई दिइयो र जमिनदारद्वारा गाउको जमिन जोतपोत गर्नि र गराउने सासकलाई जमिनको पोत वा तिरो (टेक्स) लगायतका काम हरुको साथै थोरबहुत बिकास निर्माणका काम हरु पनि गर्नि गराउने गर्दथे । एस गाउ जुन बिहुली बाट अहिले पारीचीत छ कुनै समयमा गणेशगन्ज नाम थियो तर कुन समयमा आयर अहिलेको नाम रहन गयो एस बिसयमा अर्को लेखमा उजागर गर्ने छु, बि स १९२७ मा नेपालका राजा राजेन्द्र बिक्रम शाह थिए तब एस गाउमा जमिएनदार मणिध्वज मास्केका बुवा फौजदार ध्वज मास्केको हुकुमत चल्दथ्यो, उस बखतको चलन अनुसार गाउको आफ्नो नियम कानुन कायदा हुन्थ्यो उक्त नियम बसाल्ने बिभिन्न पक्षहरु हुन्थ्यो जस्मा जमिन्दार, अगुवा, बद्घर, मुक्तिहार, शोखा लगायत अन्य पक्षहरु बाट समाज गाउ चलिरहन्थ्यो । एस गाउमा २ बद्घर थिए भागौती थारु र गुल्जारी थारु र कुनै पनि थारु गाउमा बद्घर नै प्रमुख हुन्थे र यिनी हरुकै अगुवाइमा गाउ चल्थ्यो । त्य्स समयमा गाउमा स्व्चक्ष पानीको समस्याले गर्दा बि.स. १९२८ (इ.स. १८३० सुगौली सन्धि भयको २४ बर्ष पछी )साल ताका यस गाउका थारु बासिन्दाहरु को श्रमदान बाट नै आज भन्दा १५० बर्ष पहिला पहिलो पक्कि बिकास निर्माणको कार्यको सुरुवात भयो । स्था
जीर्णोद्धार गर्दाको अवस्था 
इनार (कुवा) को मुख लाई जीर्णोद्धार गर्दै

अर्का स्थानीय ८२ बर्षका चिन्नु थारु का अनुसार "यो कुवा म जन्मिदा भन्दा अगाडि बाट थियो तर हामी हरु ले प्रतेक बर्ष गाउलेहरु मिलेर सरसफाइ गर्ने अनि निम पात पिसेर कुवामा राक्दथेम "

स्थानीय समाजसेबी तथा शिक्षक बिन्दु प्रसाद चौधरी

स्थानीय समाजसेबी तथा शिक्षक बिन्दु प्रसाद चौधरीका अनुसार थारु समुदाय प्रकृतिको पूजा गर्ने भयकाले जल, जमिन, जङ्गल र बायुको पूजा गर्दछन, त्य्सअनुरुप कुवालाई प्रतेयक बर्षमा आउने आफ्नो चाडपर्बमा कुवाको वरपर दियो बालेर नयाँ अन्न चडाउने गर्दछन साथै थारु समुदायको घरमा बिवाह हुँदा बिवाहा हुने घरका महिला हरु कुवामा आइ पूजा गर्ने र जन्ती जानु भन्दा अगाडि नवदुलाहा लाई कुवामा आइ पूजाको साथै कुवाको वरपर आस्थाका साथ फेरी लगाउदछन अनि बल्ल जन्ती प्रस्थान गर्दछन ।
तिलोत्तमा नगरपालिका बाट १५०००० र स्थानिय श्रमदान बाट ५३००० बराबरको श्रम गरि २०३००० बजेटमा जीर्णोद्धार गर्न लागेको भनेर जीर्णोद्धार उपभोक्ता समितीका अध्यक्ष राम कुमार चौधरी ले जानकारी गराउनु भयो ।
स्थानीय पुराना थारु बुवा बर्ष ८१ का अल्गु थारुको भनाइ अनुसार " म जन्मिदै नै यो कुवा थियो म बि स १९९७ मा जन्मिएको हो, मैले थाहापाय अनुसार जमिन्दार फौजदार ध्वज मास्केको पालामा बनेको हो " ।
स्थानीय पुराना थारु बुवा बर्ष ८१ का अल्गु थारु


जीर्णोद्धार पछी कुवाबाट पानी निकाल्दै


Comments

Popular posts from this blog

भारतको बेङ्गलोरमा बझाङ्गी राजा श्री जयपृथ्बी बहादुर सिंह को भब्य महलको कथा

मधवलिया ब्याडमिन्टन क्लबको अध्यक्षमा : केशव सिंह चौधरी सर्वसहमत चयन

दिल्ली दरवारमा श्री ३ चन्द्र शम्शेरको आतिथ्यता